लोरा बेलसँग जम्काभेट

SHARE:

हरि गुरुङ – बेलायत।

प्रसङ्ग हो २१ मे २०२४ को । बेलायती प्रधानमन्त्रीको सरकारी निवास ‘१० डाउनिङ स्ट्रिट’ (10 Downing Street) भ्रमण गर्ने एउटा ऐतिहासिक अवसर जुर्यो, जहाँ करिब १०० वटा कोठाहरू छन्। सन्दर्भ थियो— तत्कालीन बेलायती साम्राज्य र नेपालको श्री ५ को सरकारबीच भएको मैत्री सन्धिको शताब्दी वर्ष। सय वर्षपछि संयुक्त अधिराज्य बेलायत र गणतन्त्र नेपालले यस ऐतिहासिक कूटनीतिक सम्बन्धलाई स्मरण गरिरहेका थिए।

समारोहका क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले जनतासमक्ष माफी माग्दै १० अर्ब पाउण्डको विशेष व्यवस्थापन गर्नुपर्ने कार्यव्यस्तताका कारण हामीलाई निकै समय पर्खाउनुभयो। डाउनिङ स्ट्रिटका अनेकौँ भव्य ड्रइङ रुमहरूमध्ये एउटामा नेपाल सरकारद्वारा हस्ताक्षरित मूल सन्धि-पत्र प्रदर्शनमा राखिएको थियो। खासमा यो सन्धिले गत डिसेम्बर २०२३ मै सय वर्ष पूरा गरिसकेको थियो। सोही अवसरमा उक्त सन्धिसहित अन्य ऐतिहासिक दस्तावेजहरू मैले यसअघिको एउटा कार्यक्रममा ब्रिटिस लाइब्रेरीमै हेरिसकेको थिएँ। त्यसैले, हिजोको समारोहमा प्रधानमन्त्री सुनकभन्दा पनि मैले हेर्न, बोल्न र भेट्न चाहेको एउटै विशेष नाम (व्यक्ति) थियो लोरा बेल।

१० डाउनिङ स्ट्रिटबाट आएको निमन्त्रणा पत्र पढ्ने बित्तिकै मेरो मन अत्यन्तै तरङ्गित भयो, एक हिसाबले आङ नै सिरिङ भएर आयो; किनभने त्यो निमन्त्रणा पत्र पठाउने काम स्वयम् ‘लोरा बेल’ ले गरेकी थिइन्। केही सम्झना भयो हजुरहरूलाई?

म हजुरहरूलाई १७४ वर्षअघिको इतिहासतर्फ लैजान चाहन्छु। श्री ३ महाराज तथा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा, २६ मे १८५० का दिन बेलायत आइपुगेका जङ्गबहादुर झण्डै ३ महिना (१४ अगस्टसम्म) यहाँ बसेका थिए। त्यस बसाइका क्रममा उनले तत्कालीन समयमै £२,५०,००० (दुई लाख पचास हजार पाउण्ड—जुन आजको हिसाबमा अर्बौँ रुपैयाँ हुन आउँछ) एउटै सुन्दरीका लागि खर्च गरेका थिए। ती सुन्दरी अरू कोही नभएर इतिहासकी प्रसिद्ध पात्र ‘लोरा बेल’ थिइन्।

कस्तो अचम्म, कस्तो अद्वितीय संयोग! हिजो त्यहाँ पुगेपछि उत्सुकता थाम्न नसकी मैले “लोरा बेल को हुनुहुन्छ?” भनी सोधखोज गर्दा स्वयम् निमन्त्रणा पठाउने उनै लोरा बेल पो अगाडि आइपुगिन्! मैले इतिहासको त्यो कालखण्ड र वर्तमानको यो संयोगबारे उनीसँग शिष्ट भाषामा मेसो मिलाएर छोटो चर्चा पनि गरेँ। जङ्गबहादुरले भेट्दा ती इतिहासकी लोरा बेल २१ वर्षकी थिइन्, तर हिजो डाउनिङ स्ट्रिटमा मैले भेटेकी आधुनिक लोरा बेल सायद २५ वर्षकी छिन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!