मनमोहक ठाउँको यात्रा गर्न मन छ भने नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा उपयुक्त हुनसक्छ : सञ्चारमन्त्री

SHARE:

घलेभन्ज्याङ (नुवाकोट) । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पर्यटकका लागि नयाँ गन्तव्य नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा पार्क उपयुक्त हुने सुझाव दिएका छन् ।

मन्त्री तिमिल्सिनाले रास्वपा पञ्चकन्या गाउँपालिकाको प्रथम अधिवेशनका क्रममा आइतबार घ्याङ्स्वारा पुगेपछि उक्त सुझाव दिएका हुन् । नेकपाका युवा नेता एवं पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको परिकल्पना र अग्रसरतामा निर्माण गरिएको घ्याङ्स्वारा सहिद स्मृति पर्यटकीय पार्क तथा खेल मैदानको अवलोकनपछि मन्त्री तिमिल्सिनाले पर्यटकलाई आह्वान गरेका हुन् ।

‘पञ्चकन्या गाउँपालिका, नुवाकोटस्थित घ्याङ्स्वारा काठमाडौंबाट निकै नजिक रहेको रमणीय पर्यटकीय क्षेत्र हो। समुद्री सतहबाट १९०० मिटर उचाइमा रहेको यहाँबाट नुवाकोटको विराट भौगोलिक सौन्दर्य देख्न सकिन्छ। सुन्दर चियाबारी र सहिद स्मृति पार्क पनि यहाँका आकर्षण हुन्,’उनले फेसबुकमा लेखेका छन्, ‘आज बिहान त्यहीं बोटबाटै काफल अनि ऐंसेलु टिपेर खाने मौका मिल्यो। यदि तपाईंलाई काठमाडौंबाट २ घन्टामा कुनै मनमोहक ठाउँको यात्रा गर्न मन छ भने त्यो घ्याङ्स्वारा हुनसक्छ।’

रास्वपा पञ्चकन्याको अधिवेशनले रामचन्द्र कार्कीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।


SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!