नेपाली ख्रिष्टियन चर्च युकेको संयुक्त आराधना सङ्गति भव्यताका साथ सम्पन्न 

SHARE:

जयराम तामाङ
सुईन्डन, युके । नेपाली ख्रिष्टियन चर्च युकेको संयुक्त आराधना सङ्गति भव्यताका साथ सम्पन्न भएको छ ।

यही मे २३ तारिख शनिबार दिन अक्सफोर्डस्थित ओस्नी मेडको हलमा नेपाली ख्रिष्टियन चर्च युकेअन्तर्गत रहेका ३० वटा चर्चहरूले संयुक्त रूपमा गरिने वार्षिक आराधना सङ्गति भव्यताका साथ सम्पन्न भएको हो । एल्डर मेख थापाले सॅचालन गरेको भेलामा एक हजारभन्दा बढी ख्रिष्टियनहरु सहभागी थिए ।

लन्डन क्षेत्रका डिकन महान राईको समूहले स्तुति प्रशंसाको भागलाई अगुवाइ गरेका थिए । नेपालमा गएर विभिन्न समयमा सुसमाचार प्रचारप्रसार गरेका मिस्नरीहरु जेनेट, पास्टर रन हाप, रेभरेन्ड युङ जु लिलाई पास्टर जेम्स लिङदेनले खादा लगाई सम्मान गरेका थिए ।

नेपालबाट आएको रेभरेन्ड विजय कर्माचार्यले ब्यॅूझ, सफा गर र असल पहिरन लगाऊ (wake up, clean up, dress up) भन्ने वाक्यहरुलाई विस्तृतरुपमा व्याख्या गर्दै परमेश्वरको वचन बोलेका थिए । पास्टर लक्ष्मी लिम्बूले चङ्गाईको कार्यक्रमको भाग अगुवाइ गरेका थिए ।

नेपाली ख्रिष्टियन चर्चका अध्यक्ष पास्टर जेम्स लिम्बूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरी उक्त संयुक्त भेलालाई सफल पार्ने सहयोगीहरूलाई धन्यवाद दिँदै अन्तिम आशीषको प्रार्थना गर्दै कार्यक्रमको विसर्जन गरेका थिए ।

सुरुको प्रार्थना एल्डर पूर्ण मगरले गरेका थिए भने सूचना एनसीसी युकेका सचिव देव गुरुङले सुनाएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!