स्कटल्यान्डमा आउँदो १३ जुलाइमा नेपाली मेला

SHARE:

लन्डन । स्कटल्यान्डमा आउँदो १३ जुलाइमा नेपाली मेला हुने भएको छ ।

नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डको सहकार्य तथा स्कटल्यान्डमा सक्रिय नेपाली संघसंस्थाको आयोजनामा नेपाली मेला हुन लागेको हो ।

रस ब्यान्डस्ट्यान्ड वेस्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स एबिनबर्गमा हुने मेला बिहान १० देखि बेलुकी ७ बजेसम्म चल्ने छ ।

‘सबै मिलेर हाम्रो नेपाली संस्कृति, पहिचान र कलालाई गर्वका साथ मनाऔं,’ आयोजकको आग्रह छ, ‘नेपाली मेला स्कटल्यान्ड केवल एउटा कार्यक्रम मात्र होइन, यो हाम्रो एकता, संस्कार, कला, परम्परा र नेपालीपनको उत्सव हो ।’

मेलाको अवसरमा एकअर्कासँग खुशी साटौं, रमाऔं, नाचौं र नेपाली मौलिक संस्कृतिको गौरव स्थानीय समुदायलाई देखाऔं भन्ने अनुरोध गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!