लिला सेलिङ माबो : अभियन्तादेखि जीआरएनसी यूकेको पहिलो महिला अध्यक्षसम्म

SHARE:

पूर्वी लिम्बुवान याङरक ओयाम लिम्बू बाहुल्य रहेको गाउँमा जन्मेकी हुन्, लिला सेलिङ माबो । गाउँकै सरकारी विद्यालय गुप्तेश्वर माविबाट ‘कपुरी क’ सुरु गरेकी लिलाले बेलायतको प्रतिष्ठित युनिभरसिटी अफ सरेबाट स्नात्तकोत्तर गर्न सफल भएकी छिन् । उनले युनिभरसिटी अफ सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ रेस्पन्सिसिविलिटी)मा सफल्तापूर्वक एमएसी पूरा गरिन् । उनी एक सफल लेखिका पनि हुन् ।

लिला आफै लाहुरे श्रीमती भइन् र विगत दुई सय वर्ष गोर्खा भर्तीले लाहुरे परिवार, समाज र नेपाली माटोले भोगेका तर लुकेर बसेका दर्दनाक पीडालाई ‘लाहुरेनी पीडा’ कवितामा खोतल्न सफल भइन् । लाहुरे कथा-व्यथा धेरै लेखिए । तर लाहुरेनीको पीडा लेख्ने उनी पहिलो लाहुरेनीमा नाम दर्ता गरिन् । ‘लाहुरेनी पीडा’को सफलतापछि उनले ‘मेमोरिज अफ अ गोर्खा वाइफ डुरिङ लकडाउन’ अंग्रेजीमा अर्को कवितासंग्रह ल्याइन् ।

जिम्मावाल सुब्बा भिमकुमार सेलिङका पहिलो सन्तान हुन् लिला सेलिङ । पिता भिमकुमार गाउँकै गुप्तेश्वर माविका पूर्वप्रध्यानधापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र लेखकसमेत हुन् भने आमा राममाया यवा स्थानीय महिला संगठनकी पूर्वअध्यक्ष हुन् ।

गुप्तेश्वर माविमा एसएलसी गर्ने गाउँकै पहिलो महिला र शिक्षक सेवा आयोग पास गर्ने पनि लिला पहिलो महिला हुन् । शिक्षाको महत्त्व राम्रै बुझेका सुब्बा परिवारले उनलाई उच्च शिक्षाको लागि इलाम पठाए । इलाम महेन्द्र रत्न क्याम्पसमा उनले स्नातकसम्म सकिन् । शिक्षक सेवा उत्तीर्णप्रश्चात् उनले आफ्नै पिताले स्थापना गरेको सिद्धेश्वरी प्रावि ओयाममा पहिलोचोटी चक र डस्टरबाट मास्टरी जीवन यात्रा सुरु गरिन् । उनीसँग ओयामकै धर्मभक्त माविमा प्रिन्सिपल भएर काम गरेको अनुभवसमेत छ । शिक्षण पेसा, गृहणीसँगै अध्ययनलाई निरन्तरता दिने क्रममा उनले पाँचथर बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नातक पूरा गरिन् ।

छिमेकी गाउँ थर्पु दारिम्बा दोस्रो रोयल गोर्खाका श्रीप्रसाद माबोसँग विवाह भएपछि लिलाले अनेक आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगिन् । गोर्खा सेनालाई आवसीय भिसाको प्रावधान मिलेपछि लिला परिवारसँगै यतै बसोबास गर्न थालिन् । यहाँ बेलायतमा उनले बालबच्चाको पढाइ, जागिर, समाजसेवासँगै आफ्नो पढाईलाई समेत निरन्तरता दिइन् । उनले क्यून्स मेरी कलेज बेसिङस्टोकबाट ‘जिसिएचसी’, फान्ब्रो कलेजबाट बायोलजी साइकोलजी एण्ड हिष्ट्रिमा ‘ए–लेभल’ र वेम्ली लन्डनबाट ‘डेन्टल नर्ससिङ डिप्लोमा’, युनिभरसिट सुरेबाट क्रिमिनालोजी एण्ड साइकोलजीमा बिएसई अनर्स र यही वर्ष युनिभरसिटी अफ सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ रेस्पन्सिसिविलिटी)मा सफलतापूर्वक एमएस पूरा गरिन् ।

पुरस्कार :
युनिभरसिटी अफ सरेबाट ‘एकेडेमिक इन्देभर अवार्ड’
प्रथम : कविता प्रतियोगिता ब्रुनाई वि.सं. २०५६
द्वितीय : अनलाइन भोटिङ प्रतियोगिता (विश्व साहित्यघर डट कम) सन् २००९
सम्मान कदरपत्र : भाषा साहित्य गीत, कविता रचनामा योगदान दिएबापत कियाचु नेपाल युप्पारुंग तंगबे अवसरमा वि.सं. २०७१/५/१२

सम्मान :
कियाचु दक्षिण कोरिया वि.सं. २०७२
सेवारो कलाकारसँग यूके वि.सं. २०८१
कियाचु महिला कमिटी (थामेङ्दिङ्मा) युके वि.सं. २०८१
पहिलो महिला शाखा तथा संस्थापक अध्यक्ष कियाचु रशमोर शाखा युके
सम्मान कदरपत्र : याङ्वारक-३ वार्ड ओयाम पाँचथर
ह्युमन राइट्स एन्ड पिस सोसाइटी नेपाल ‘शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार’: लिम्बु भाषाको प्रवर्द्धनमा योगदान गर्ने लिला हाङ्मा सेलिङ माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान वि.सं. २०८१

अवार्ड :
बेस्ट लिरिस्ट अवार्ड – लिम्बु गीत (सेप्मांगओ निनेआङ्ग) नेशनल इन्दिजिनोश म्युजिक एन्ड फिल्म अवार्ड-२०२३
बेस्ट लिरिस्ट अवार्ड- नेपाली गीत (सिमाना) तेस्रो क्वालिटी इन्टरटेन्ट अवार्ड-२०२३ (२९ भाषाभाषी तथा भेग विशेष गीत)

सन् २०१४ मा एकैपटक डेन्टल नर्सिङ नेशनल एण्ड डिप्लोमा र जिसिएसई इङ्लिस र सोही वर्ष एमएससी (मास्टर डिग्री) र जिसिएसई म्याथ्स सफलतापूर्वक पूरा गरेको दिन जीवनका खुसी र सम्झनालायक मान्छिन् । उनी किरात याक्थुङ चुम्लुङ महिला समिति थामेन्दिङ्माकी संस्थापक अध्यक्ष एवम् यसै संस्था सरमोर शाखाकी संस्थापक अध्यक्ष पनि हुन् । केवाईसी यूकेको संरक्षक सदस्य लिला प्रारम्भमा यसै संस्थाको साहित्य, कल्चर हुँदै उपाध्यक्षमा रहेर सेवा गरेकी छिन् ।

नेपाल आदिवासी जनजाति महासंघ यूकेको उपाध्यक्ष सम्हालिसकेकी उनी हालै यही संस्थाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । स्थानीय रसमूर हेल्दी लिभिङको बोर्ड ट्रस्टीका रूपमा कार्यरत छन् । साथै, बेलायतको राजनीतिमा काउन्सिलर उम्मेदवार बन्ने दोस्रो नेपाली महिला पनि हुन् । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) महिला संयोजक हुँदै हाल उनी जीआरएनसीको महिला पहिलो अध्यक्षको जिम्मेवारीमा छिन् ।

माबोका कृतिहरु
१. कवितासंग्रह : लाहुरेनी पीडा वि.सं. २०७१
२.अंग्रेजी पुस्तक: मेममोवाज अफ ए गोर्खा वाइफ़ द्युरिंग लकडाउन सन् २०२१
दोस्रो अंग्रेजी पुस्तक :सरे युनिभर्सिटीबाट मास्टर डिग्री थेसिस Hidden Domestic Violence against Black,South Asian Minority Ethnic Women (BSAME) women in the UK रिसर्च कृति अक्टोबर २०२५
३. कवितासंग्रह : सेमाङ्गलक् (याक्थुङ लिम्बु भाषा) वि.स. २०८०
यस्तै कविता/गीत रचना : नेपाली, लिम्बू भाषा अनि अंग्रेजी
कविता,गीत रचना : नेपाली, लिम्बू भाषा अनि अंग्रेजी
नेपाली र लिम्बु भाषामा आधा दर्जन जति गीत रेकर्ड

थप प्रोफाइलहरु

गोर्खा कवाज प्रशिक्षकदेखि बेलायतका काउन्सिलरसम्म : उत्तरबहादुर गुरुङको फड्को

तेह्रथुमदेखि लन्डनसम्म : बिमला सेने लिम्बुको प्रेरणादायी यात्रा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!