लन्डन । नेपाली दूतावास लन्डनमा एभरेष्ट डे मनाइएको छ ।
बिहीबार २८ मे २०२६ मा “सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ एभरेष्ट डे विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालले हरेक वर्ष मे २९ लाई सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा एभरेष्ट डेका रूपमा मनाउँदै आएको बताए । उनले बेलायती पर्वतारोहीहरूको नेपाल र सगरमाथासँग लामो तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा चर्चित पर्वतारोही तथा एभरेस्ट आरोहीहरूले पनि आफ्नो अनुभव साझा गरेका थिए । उक्त कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव सञ्जोग राईले सञ्चालन गरेका थिए।
कार्यक्रममा पर्वतारोही, वातावरणविद्, कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए ।
तस्बिर : शिव भण्डारी






