चार भन्ज्याङ तमु समाज युकेको वार्षिक साधारणसभा

SHARE:

एटा संवाददाता
अल्डरसट । चार भन्ज्याङ तमु समाज युकेको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभा गत शनिबार १५ डिसेम्बरका दिन अल्डरसटमा सम्पन्न भएको हो ।

समाजको हरेक गतिविधि र भावी कार्ययोजनाबारे छलफल गरिएको सो कार्यक्रममा स्वर्गीय श्रीमती सुकुकुमारी गुरुङको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मौन धारणा गरिएको थियो ।

समाजका अध्यक्ष मे. कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक नारायण कोन्मे, संस्थापक ले. नारायण प्रसाद तमु बिईएम, निवर्तमान ह.ले. चन्द्रबहादुर तमु, आमा अध्यक्ष शान्ति तमुस्यो, तमुधिं युकेका अध्यक्ष ज्ञाम कोन्मे तमुले शुभकामना मन्तब्य दिएका थिए ।

सो साधारणसभामा सल्लाहकार क्या. कृष्ण तमु, तमुधिं युकेका वर्तमान सल्लाहकार तथा १०औं कार्यसमितिका लागि हालै उपाध्यक्षमा निर्वाचित हरि तमु, सहारा एफसी चेयरमेन ले. कुसाङ्ग तमु, सल्लाहकार टेक बहादुर तमु र कोअर्डिनेटर कुमार घलेले समसामयिक बिषयहरुमा विभिन्न सुझावहरू पेश गरेका थिए ।

बेलायतवासी चारभञ्ज्याङ्गवासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कोषाध्यक्ष कृष्णबहादुर तमुले आर्थिक प्रतिवेदन, महासचिव दुर्गा तमुले समाजको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष मदन तमुले उपस्थित सबैमा स्वागत गर्दै निर्माणधिन चिसापानी स्कुल र लामे गुम्बाबारे जानकारी गराएका थिए । बैठकमा बेलायतको क्रियाशिल जातीय सामाजिक संस्था तमुधिं युकेको कार्यकाल सकुशल पूरा गरेका नवौं कार्यसमितिका अध्यक्ष ज्ञाम कोन्मे तमु र १०औं कार्यसमितिको उपाध्यक्षमा निर्वाचित हरि तमु, बिसीसीका निवर्तमान अध्यक्ष ले. नारायण प्रसाद तमु बिईएम, हङकङ नेपाली मञ्च युकेका निबर्तमान अध्यक्ष दुर्गा तमुलाई संरक्षक नारायण कोन्मेले खादा लगाई संस्थाको तर्फबाट सम्मान गरेका थिए ।

नेपालमा विविध क्षेत्रमा सहयोग र सेवा पुर्‍याउँदै आएका समाजसेवी देउ बहादुर तमुलाई बिशेष धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष मेजर तमुले चिसापानी स्कुलको थप आर्थिक सहयोग, मिन परियारको स्वास्थ्य उपचारमा आर्थिक सहयोग र चारभन्ज्याङ काठमाडौंको समाज घर जग्गा खरिदबारे सहयोग पुर्‍याएका विभिन्न मनका धनी र ट्रष्टीजहरूलाई धन्यवाद दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!