एटा संवाददाता
अल्डरसट । पर्वत वेलफेयर सोसाईटी युकेको वार्षिक साधारणसभा तथा अधिवेशनले नेत्र आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि उनी कार्यसमितिको कोषाध्यक्षमा थिए ।
गत आइतबार १६ डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बिनोद पुरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा संजिव गुरुङ र ऐक पुन महासचिवमा भरत पौडेल, सचिव प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरज पौडेल र सहकोषाध्यक्ष बासुदेव पौडेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा अप्सरा गुरुङ, याम बहादुर थापा, नारायण गिरी, ध्रुव दत्त, बाबुराम भुषाल, संजय भण्डारी, गंगा खोर्जा, भिम पुर्जा, मेखबहादुर पुन चयन भएका छन् । उनीहरुलाई निर्वाचन समितिले खादा लगाई सबैले बधाई दिएका थिए ।
पर्वत जिल्लाबाट बेलायत आइबसेका पर्वतवासीहरुको साझा संस्था पर्वत वेलफेयर सोसाईटी युकेका संस्थापक अध्यक्ष हित काजी गुरुङ संयोजक, जीवन गुरुङ सदस्य सचिव, पूर्वअध्यक्ष एवं पर्वत अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पूरन गिरि र पयँुखोला मगर समाज युकेका अध्यक्ष धनबहादुर थापा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा पर्वत वेलफेयर सोसाईटी युकेका पूर्व अध्यक्ष रसबहाुदर गुरुङ, नरजङ्ग गुरुङ, तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, चारभञ्ज्याङ्ग तमु समाज युकेका अध्यक्ष मेजर कृष्णबहादुर गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेका निवर्तमान अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ लगायत पर्वतेहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एक पुनले स्वागत मन्तब्य दिएका थिए भने महासचिव भरत पौडेलले कार्यक्रम संचालन गरेका थिए । विविध बिषयमा छलफल भएको कार्यक्रममा संस्थापक अध्यक्ष हित काजी गुरुङ तमुधिं युकेको पुनः उपाध्यक्षमा र युवन गुरुङ सोही संस्थाको सदस्य चयन भएकोमा बधाई दिएका थिए ।






