डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका पूजा प्रमुख बेलायत आइपुगे, हिथ्रो एयरपोर्टमा स्वागत

SHARE:

लन्डन । डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका पूजा प्रमुख गुरु रनबहादुर गुरुङ बेलायत आइपुगेका छन् ।

गुरु रन ५ जुन शु्क्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनलाई विमानस्थलको टर्मिनल ४ मा डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङलगायत पदाधिकारी, सल्लाहकार, ट्रस्टीलगायतले स्वागत गरेका थिए ।

डीबीसीको आग्रहमा रनबहादुर दोस्रोचोटी यूके आएका हुन् । उनी बेलायत भ्रमणमा भने तेस्रो चोटी पुगेको छ । गुरु रनबहादुरले आफूलाई निमन्त्रणा गरेकोमा डीबीसी यूके र खेन्पो शिरलामा गुरुङलाई धन्यवाद दिए । बेलायतको ६ महिना बसाइका लागि आउन पाउँदा खुसी लागेको जनाउँदै उनले बुद्धदर्शन अध्ययनपश्चात् देश विदेशमा सेवा गर्न पाएकोमा हर्षित लागेको सुनाए ।

डीबीसी यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले यही जुन १४ मा संस्थाले भारतका प्रख्यात क्याब्जे ग्याङखाङ रिम्पोछेसहितको उपस्थितिमा बज्र सत्भ इम्पावरमेन्ट (अभिशेष/वाङ) कार्यक्रम राखेकोले त्यसमा सहभागी हुन आग्रह गरे ।

उनले डीबीसीको १० औं वार्षिकोत्सव मनाइने तयारी रहेको पनि जनाए ।

डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका पूजा प्रमुख गुरु रनबहादुर गुरुङ

डीबीसी यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!