पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ स्थित आँधीखोला तमु समाजको शनिबार सम्पन्न सातौं अधिवेशनले सुबेदार लिलबहादुर गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।
समाजको सर्वसम्मत निर्वाचित ११ सदस्यीय समितिको उपाध्यक्षमा शंकर गुरुङ, महासचिवमा लिलबहादुर गुरुङ, सचिवमा देउबहादुर गुरुङ, सहसचिवमा दीलिप कुमार गुरुङ, कोषाध्यक्षमा हुमबहादुर गुरुङ, सह–कोषाध्यक्षमा मेखबहादुर गुरुङ, सदस्यहरुमा कृष्ण बहादुर गुरुङ,गोमा गुरुङ, लालमाया गुरुङ र ईमान गुरुङ चयन हुनुभएको छ।
यसरी नै अधिवेशनले ११ सदस्यीय आमा समिति गठन गरेको छ।
आमा समितिको अध्यक्षमा तुलमाया गुरुङ, उपाध्यक्षमा मेलिना गुरुङ, सचिवमा विमला गुरुङ, सहसचिवमा जमुना गुरुङ, कोषाध्यक्षमा रिता गुरुङ, सहकोषाध्यक्षमा बिष्णु गुरुङ र सदस्यहरुमा सनमाया गुरुङ, जौमाया गुरुङ, बेलमाया गुरुङ, डलसरी गुरुङ र मनमाया गुरुङ चयन हुनुभएको छ।

साँस्कृतिक रुपले अत्यन्तै धनि समाज आँधीखोला तमु समाजको साँस्कृतिक उप–समितिको संयोजकमा आई बहादुर गुरुङ चयन गरेको छ।
सातौं अधिवेशनबाट कार्यसमिति, आमा समिति, साँस्कृतिक उपसमिति चयन गराउन धनश्याम गुरुङ संयोजक, रुकबहादुर गुरुङ र सुवेदार मेजर कुमानसिंह गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।






