पोखरा । पोखरा १५ स्थित आँधीखोला तमु समाजको शनिवार ट्रस भवन उद्घाटन गरिएको छ ।
नवनिर्मित ट्रस भवनको गण्डकी प्रदेसका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो।
गण्डकी प्रदेस सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय एकिकृत सेवा कार्यालय कास्कीबाट आर्थिक वर्ष २०८२÷०८३ को आँधीखोला तमु समाज भवन निर्माण योजना अन्र्तगत विनियोजित ५ लाख रुपैया र जनसहभागिता ५३ हजार ९१२ रुपैया ६६ पैसा गरी कुल लागत ५ लाख, ५३ हजार, ९१२ रुपैया ६६ पैसामा निर्मित भवनको एक कार्यक्रमका विच प्रमुख अतिथि मन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि कार्कीले आँधीखोला तमु समाजले संरक्षण गरिरहेको मौलिक सँस्कृति संरक्षण, कलाकारिता, सामाजिक विकास, खेलकुद क्षेत्र लगायतमा भुमिका समाजका लागि मात्रै नभई राष्ट्रका लागि महत्वपुर्ण योगदान भएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले गण्डकी प्रदेसमा तमु र मगर भाषालाई सरकारी कामकाजको भाषाको बनाउन तमु धिं नेपाल लगायत आँधीखोला तमु समाजले खेलेको भुमिकाका लागि धन्यवाद व्यक्त गर्नुहुदै परिस्थिति कठिन भए पनि आउदो आर्थिक वर्षमा समाजलाई सक्दो सहयोग गर्ने बताउनुभयो।
विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आँधीखोला तमु समाजले समुदायगत एकता, मौलिक लोकसँस्कृतिको संरक्षण साथै सामाजिक विकासका लागि उदाहरणीय भुमिका खेलेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आँधीखोला तमु समाजलाई आगामी बजेटमा प्रदेस सरकार र स्थानिय सरकारले थप योजना समावेश गरिदिन आग्रह गर्नुभयो।
समाजका पुर्व अध्यक्ष रुकबहादुर गुरुङले अत्यन्तै दुख गरी स्थापित गरेको समाजका लागि नागरिक र स्थापित संघ संस्थाका अभिभावक तिनै तहको सरकारले समस्या कठिनाईहरु मनन गरी सक्दो सहयोग गर्न अनुरोध गर्नुभएको थियो।
कार्यक्रममा सचिव लिलबहादुर गुरुङ र कोषाध्यक्ष हुमबहादुर गुरुङले योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
समाजका अध्यक्ष एवम भवन निर्माण समितिका संयोजक नलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुबेदार लिलबहादुर गुरुङ र संचालन महासचिव लिलबहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रममा आँधीखोला तमु समाजका कलाकारहरुले मौलिक झोरा लगायत विविध साँस्कृतिक प्रस्तुति गर्नुभएको थियो।







