पाँचथर समाज सेवा यूकेको १७औँ वार्षिक भेटघाट कार्यक्रम स्थगित

SHARE:

लन्डन । पाँचथर समाज सेवा यूकेको १७औँ वार्षिक भेटघाट कार्यक्रम स्थगित भएको छ ।

अध्यक्ष नगेन्द्रराज नेम्वाङ पितृशोकमा परेकाले आगामी १४ जुन २०२६ मा आयोजना हुने भनिएको १७औँ वार्षिक भेटघाट कार्यक्रम हाललाई स्थगित गरिएको वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले जानकारी दिएकी हुन् ।

‘हाम्रा अध्यक्ष श्री नगेन्द्र नेम्बाङज्यू पितृशोकमा रहनुभएको, आजीवन सदस्य एवं समाजसेवी श्री कुबेरसिंह नेम्बाङज्यूको दुःखद निधनबाट उत्पन्न शोकको घडीलाई मध्यनजर गर्दै, हिजोको भेलामा उपस्थित बहुमत सदस्यहरूको सुझाव र सहमतिअनुसार उक्त कार्यक्रम केही समयका लागि स्थगित गर्ने निर्णय गरिएको हो,’ वरिष्ठ उपाध्यक्ष माबोले जारी गरेको सूचनामा लेखिएको छ, ‘कार्यक्रमको नयाँ मिति तथा अन्य आवश्यक जानकारी चाँडै नै सम्पूर्ण सदस्यहरूलाई उपलब्ध गराइनेछ।’

यस निर्णयबाट पर्न गएको असुविधाप्रति अध्यक्ष तथा पाँचथर समाज सेवा यूकेको तर्फबाट क्षमायाचना व्यक्त गरिएको छ ।

साथै शनिबार ६ जुनमा सम्पन्न पाँचथर कप २०२६ कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने फुटबल संयोजक तथा सह–संयोजक, पूर्वअध्यक्ष, सल्लाहकार, आमन्त्रित पाहुना तथा आर्थिक, भौतिक एवं नैतिक सहयोग प्रदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति पाँचथर समाज सेवा यूकेको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ । कार्यक्रमको सम्पूर्ण जिम्मेवारी वहन गर्दै कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने उपाध्यक्ष दीपा लिम्बुप्रति वरिष्ठ उपाध्यक्ष माबोले धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!