बेलायतका लागि नेपाली कावा राजदूतले गरे नेपाली भिलेज यूके भ्रमण

SHARE:

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाली भिलेज यूके परियोजनाको भ्रमण गरेका छन् ।

कावा दुवाडीले शनिबार दिउँसो नेपाली भिलेज यूकेको स्थलगत भ्रमण गरेका हुन् । उनी आइतबार ७ जुन २६ मा हुने ब्रेकन फ्रिडम परेडमा सहभागी हुन वेल्स पुग्ने क्रममा परियोजनाको अवलोकन भ्रमणमा पुगेको प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले जनाएका छन् ।

प्रमुख निर्देशक गुरुङले परियोजनाबारे कावा राजदूत दुवाडीलाई जानकारी गराएका थिए । उक्त ऐतिहासिक परियोजनाको प्रगतिसहितको दृष्टिकोण र लक्ष्यबाट कावा राजदूत दुवाडी धेरै प्रभावित भएको मेजर गुरुङ बताए ।

साथै परियोजनाका लागि लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालबाट सम्भव भएसम्म सबै सहयोग प्रदान गर्न सक्दो प्रयास गर्ने आश्वासन कावा राजदूत दुवाडीले दिएका छन् ।

नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो । यो बेलायतमा मात्र नभई यूरोपकै यस प्रकारको पहिलो परियोजना रहेको प्रमुख निर्देशक मेजर गुरुङले बताए । बेलायतमा रहेका नेपालीहरूले धेरै पहिलेदेखि नै बिदा मनाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्नका निम्ति नेपाल झल्किने आफ्नै थलो होस् भन्ने चाहना राख्दै आएका थिए । यसैका कारण ‘नेपाली भिलेज’ निर्माणको अवधारणा जन्मिएको उनले जनाए । नेपाली भिलेजमा जोकोहीले आफ्नो व्यस्त दैनिकीबाट छोटो विश्राम लिएर छुट्टी मनाउन वा ग्रामीण क्षेत्रको अनुभवसहित रमाइलो गर्न सक्ने छन् ।

नेपाली भिलेजमा बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, १०८ धारालगायतका नेपालका प्रख्यात स्मारकका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रम गर्नका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व आयोजनाका लागि समेत सुविधा पाइने छ ।

यस परियोजनाले सात समुद्रपारि पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउन मद्दत पुगोस् भन्ने ध्येय लिएको भन्दै मेजर गुरुङले ग्रामीण नेपालको झझल्को आउने आभाष हुने गरी बिदा मनाउने स्थानको निर्माण गरिने जानकारी दिए ।

मिड वेल्स बेलायतमा निर्माणाधीन ‘नेपाली भिलेज’ शान्त वातावरणमा स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र फुर्सदको समय बिताउन सक्ने ठाउँ पनि बन्ने छ । भिलेजका लागि मिड वेल्समा जग्गा खरिद गरिसकेको छ । जुन नेपालको पहाडी र हरियाली परिदृश्यसँग मिल्दोजुल्दो साइट किन्न (१९३ रोपनी जग्गा सन् २०२३ सालमा खरिद गरिसकिएको छ ।)

मेजर गुरुङले जग्गा खरिद गर्ने, स्थानीय प्लानिङको स्वीकृति नचाहिने मर्मत कार्य साथै प्लानिङ तयारी गरी स्थानीय निकायमा पेस गर्ने कार्य पूरा भइसकेको जनाए । प्लानिङ अनुमति हासिलपछि नयाँ प्रवेशद्वार, कार पार्क, ठूलो चौतारी, पोखरी, ऐतिहासिक ढुङ्गेधाराहरू, नेपाली र वेल्सशैलीको छुट्टी मनाउने घर, प्रदर्शनी हल (नेपाली र वेल्स संस्कृति र कलाकृतिहरू प्रदर्शन गर्न), कार्यालय, क्याफे र जैविक फार्म निर्माण गरिनेछ । पैदलयात्रा गर्ने सुविधासहित नेपाल र वेल्सका प्रमुख स्मारकहरू र मठमन्दिरहरूको रिप्लिका (प्रतिकृति)हरू निर्माण गरी एउटा आकर्षक केन्द्र स्थापना गरिनेछ । साथै परिसर छेउमा रहेको ध्यान केन्द्र खरिद गरी होटल, विवाहलगायतका सभा समारोह स्थल, तालिम तथा सेमिनार हल, ध्यान केन्द्रको रुपमा उपभोग गर्ने योजना छ ।

परियोजना निर्देशक तथा व्यवस्थापन समितिमा मेजर खुशीमान गुरूङ एमभिओ अध्यक्ष तथा प्रबन्ध निर्देशक, मानप्रसाद गुरूङ उपाध्यक्ष, लोकेन्द्रराज श्रेष्ठ कोषाध्यक्ष, टिकाराम गुरूङ सचिव, क्या. कोलिन प्रिस प्लानिङ, जशु गुरूङ मशेंस मार्केटिङ्, मधु गुरूङ, नन्दबहादुर बयाम्बू मगर, अधिवक्ता बालकृष्ण गुरूङ कानुनी सल्लाहकार रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!