वेल्समा पत्रकारिता प्रशिक्षणसहित नेपाली समुदायसँग पत्रकार महासंघ यूकेको संवाद

SHARE:

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले शनिबार वेल्स राज्यको कुम्ब्रानमा नेपाली समुदायसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामार्फत शाखाले वेल्सस्थित नेपाली समुदायका प्राथमिकता र अपेक्षा के छन् भन्नेबारे जानकारी लिँदै समाचार लेखन र सम्प्रेषणबारे प्रशिक्षण दिएको छ ।

शाखाले अन्तरक्रियामा समुदायका नेताहरूबाट व्यक्त सुझाव सल्लाह पनि लिएको छ । साथै, ७ बुँदे वेल्स घोषणापत्र पनि जारी भएको छ।

अन्तरक्रियामा वेल्सका कुम्ब्रान, कार्डिफ र ब्रेकनबाट आएका झण्डै ४० कम्युनिटी लिडरहरूले उत्साहपूर्वक भाग लिए ।

अतिथिहरू सबैले ताली बजाएर कार्यक्रम उद्घाटन भएपछि महासचिव खेमराज रानाभाटले कार्यक्रम सञ्चालन गर्दै समुदायसँग सम्बन्ध सुधार, परिचय आदानप्रदान र अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

वेल्स गोर्खा कम्युनिटी उपाध्यक्ष धनकुमारी थोक्लिहाङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएकी थिइन्।

कार्यक्रममा शाखाकी उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् । उनले पत्रकार समाजको ऐनामात्र होइन्, सामूहिक आवाज र समुदायमा ल्याउने एकमाध्यम पनि रहेको बताइन् ।

वेल्समा प्रत्यक्ष साक्षात्कार गरेर नेपाली समुदाय र पत्रकारबीच सम्बन्ध अझ मजबुत गर्ने र समुदायका आवाज उजागर गर्नु अन्तरक्रियाको मुख्य उद्देश्य भएको प्रस्ट पारिन् ।

वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले शाखा स्थापनाको उद्देश्य र यसले १५ वर्षे यात्रामा गरेका गतिविधिबारे भिडियो प्रिजेन्टेसन दिएका थिए ।

कार्यक्रममा फोनिज यूके अध्यक्ष बम सूर्यवंशीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके र यसका गतिविधिबारे अवगत गराए ।

फोनिज यूके पूर्वअध्यक्ष गोमा रानाले आदिवासी पत्रकारहरूको प्रोत्साहजनका लागि फोनिज यूकेले बर्सेनि पुरस्कार प्रदान गरिँदै आएको बताइन् ।

कार्यक्रममा महासचिव रानाभाटले समाचार, सञ्चार र जिम्मेवार रिपोर्टिङ विषयमा एक कार्यपत्र प्रस्तुत गरे । उनले कस्ता विषय समाचार बन्छन् ? समाचारमा के कुरा समावेश हुनुपर्छ, समाचारमा सत्य तथ्य र फेक कुरा कसरी छुट्याउने, श्रोतको गोपनीयता कायम कसरी गर्ने आदि पक्षबारे जानकारी दिएका थिए । समुदायका लागि समाचारका सम्भावित विषयबारे पनि उनले अवगत गराए ।

मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले आममानिसमा पत्रकारिता र यसको आचारसंहिताबारे जानकारी नभएको जनाउँदै यसतर्फ सचेत गराउन आवश्यक रहेको सुझाव दिए । कार्यक्रम जानकारीमूलक र पहिलो पटक भएको भन्दै उनले शाखाप्रति आभार समेत व्यक्त गरे ।

एनआरएनए यूके वेल्स राज्य समन्वय परिषद्का अध्यक्ष डा. विकास रानाभाटले गैर आवासीय नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दामा बेलायतका पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै यसको जस अपजस समुदाय र पत्रकारहरूले पाउने बताए ।

नेपाली समुदाय विभाजित हुन नहुनेतर्फ जोड दिँदै डा. रानाभाटले एकताबद्ध भएर अगाडि बढ्न सुझाए । अब दोस्रो पुस्तालाई समेत समाहित गर्नुपर्ने चुनौती पत्रकारहरूमा आएको उनले बताए ।

एनआरएनए यूके वेल्स राज्य परिषद्का अर्का अध्यक्ष दीपक सुब्बा योंगदेनले अन्तरक्रिया कार्यक्रम गरेकामा शाखालाई धन्यवाद दिए । कार्यक्रम ज्ञानवर्धक र उपलब्धिमूलक लागेको उनले बताए ।

वेल्स राज्य समन्वय परिषद्का संस्थापक अध्यक्ष एवं एनआरएनए यूके पूर्व उपाध्यक्ष रामचन्द्र पोखरेलले कार्यक्रम एकदम सफल, राम्रो र फलदायी भएको भन्दै शाखालाई बधाई दिए । यो प्लाटफर्मबाट नेपाली समुदायले केही कुरा सिक्न पाएको बताउँदै उनले अहिले वेल्समा करिब १८०० नेपाली रहेको तथ्यांक प्राप्त भएको जनाए । नेपाली संस्था भने चारवटा सक्रिय रहेको पोखरेलले जानकारी दिए ।

पोखरेलले एनआरएनए यूके समग्र नेपालीसहित भावी पुस्ताका लागि एक भएर अगाडि बढ्न सुझाए । निष्पक्ष पत्रकारितामा जोड दिँदै उनले आचारसंहिता अनुसरण गर्न पनि सुझाव दिए ।

वेल्स गोर्खा कम्युनिटी अध्यक्ष सीता राईले कार्यक्रमबाट आफूहरूले केही सिक्न पाएको उल्लेख गर्दै शाखालाई धन्यवाद दिइन् । पत्रकारहरूसँग अन्तरक्रिया पहिलो, नौलो र पृथक् रहेको पनि उनको भनाइ थियो । यस्ता अवसर फेरि प्रदान होस् भन्ने कामना पनि उनले गरिन् ।

मन्तव्यका क्रममा धर्म संस्कृति अभियान बेलायतका अध्यक्ष पण्डित डा. थानेश्वर पाण्डेयले शाखाको १५ वर्षे यात्राप्रति बधाई दिँदै शाखाले समुदायसँग निकटता राख्दै सूचना प्रवाहबारे गरेको ज्ञान फलदायी भएको बताए ।

नेपाली समुदायले आफ्नो आवाज उजागर होस् भन्ने एक मात्र अपेक्षा गरेको बताउँदै उनले नेपाली भनेर स्वाभिमानका साथ बस्ने वातावरण बनाउने, भावी पुस्तालाई नेपाल चिनाउने र लन्डन केन्द्रित नेपाली पत्रकारिता विकेन्द्रितकरण गरि अन्यत्र समेत विस्तार गर्न सुझाए ।

वेल्स गोर्खा कम्युनिटीका संस्थापक अध्यक्ष एवं केवाइसी यूके सल्लाहकार बद्री योङ्याले पत्रकारितासम्बन्धी ज्ञान प्रदान गरेकामा शाखालाई धन्यवाद दिए । पत्रकारिताको नाममा गलत सूचना प्रवाह गर्ने जमात समेत सक्रिय रहेकोतर्फ सचेत गराउँदै उनले गलत अभ्यासले समाजमा भ्रम र नकारात्मक सन्देश प्रवाह गर्ने जोखिम रहेको बताए । भावी दिनमा समेत यस्ता खालका कार्यक्रम राखेर ज्ञान, अनुभव साझा गर्न उनले आग्रह गरे ।

किरात याक्थुङ चुम्लुङ (केवाइसी) वेल्स अध्यक्ष खड्ग 
चोङवाङले कार्यक्रम सन्देशमूलक, फलदायी र नयाँ लागेको बताए ।

कार्यक्रममा इ कमर्स व्यवसायी प्रकाश कँडेलले समुदायका गतिविधि उजागर गर्न शाखा आफैँ आएर गरेको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गरे ।

सो अवसरमा नेपलिज समाज कार्डिफकी उपाध्यक्ष शोभा राणा पोखरेलले जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता भएको बताउँदै हरेक व्यक्ति अहिले समाचार श्रोत भएका उल्लेख गरिन् ।

कार्यक्रममा शाखाका सचिव तथा एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले ७ बुँदे वेल्स घोषणापत्र वाचन गरेका थिए ।

घोषणापत्रमा वेल्समा बाक्लिएको नेपाली समुदायका गत

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!