तमु धीं लन्डन ब्रान्चको डोबर भ्रमण सफलतापूर्वक सम्पन्न

SHARE:

लन्डन । तमु धीं लन्डन ब्रान्चको आयोजनामा ६ जुन २०२६ शनिबार सम्मर आउटीङ कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष बेलायतको प्रसिद्ध सामुद्रिक तट ‘डोबर’ मा एक दिने भ्रमण सम्पन्न भएको अध्यक्ष भरत गुरुङले जानकारी दिएका छन् ।

संस्थाका अग्रजहरु, दाजुभाइ तथा दिदीबहिनीहरु सबैको सामूहिक रूपमा भएको भ्रमण ज्यादै रमाइलो र आकर्षक बनेको अध्यक्ष गुरुङले बताए । भ्रमणले तमु धीं लन्डन ब्रान्चका दाजुभाइ, दिदीबहिनीहरुबीच आपसी सम्बन्धलाई भावनात्मक रूपले थप बलियो बनाएको महसुस भएको उनको भनाइ छ ।

अध्यक्ष गुरुङले भ्रमण तयारीका लागि सुरुदेखि अन्तिम समयसम्म जुट्ने भ्रमण संयोजक महासचिव रक गुरुङ र मिडिया सेक्रेटरी सुशील गुरुङलाई विशेष धन्यवाद दिए । साथै आमा समूहबाट सहभागीलाई चिया, कफी, खाजादेखि मिठो भोजनको व्यवस्थापनप्रति आमा अध्यक्ष देवकला गुरुङलगायत सबै आमाहरुलाई पनि धन्यवाद दिए । र स्पोन्सर गर्नेहरु सबैलाई सम्मान व्यक्त गर्दै उपस्थित सबैलाई अध्यक्ष गुरुङले धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!