पूर्वब्रिटिस गोर्खाहरुको मुद्दामा आज लन्डनमा उच्चस्तरीय वार्ता, मन्त्रीहरु सहभागी हुने

SHARE:

लन्डन । मन्त्रीहरुको समेत सहभागितामा आज लन्डनमा पूर्व ब्रिटिस गोर्खाहरुको मुद्दाबारे वार्ता हुँदै छ ।

लन्डनस्थित नेपाली दूतावासमा बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली र नेपाल सरकारबाट परराष्ट्रमन्त्री शिशिर खनालको सहभागितामा वार्ता हुन लागेको हो । वार्ता नेपाली दूतावास लन्डनमा दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म चल्नेछ ।

आइतबार भारत भ्रमणबाट स्वदेश पुगेका परराष्ट्रमन्त्री खनाल ‘भर्चुअल’ रुपमा वार्तामा सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ ।

वार्तामा दुई सरकारका अधिकारीसहित पूर्वगोर्खाका प्रतिनिधिसमेतको सहभागितामा रहनेछन् । बेलायती रक्षामन्त्रीका साथमा बेलायत सरकारका भेटेरान मन्त्रीसहितका उच्च अधिकारी वार्तामा आउनेछन् ।

यसअघि गोर्खाहरुको मुद्दा सुल्झाउनका लागि पूर्व गोर्खाहरुको तर्फबाट बेलायत सरकारलाई एक सहमतिको प्रस्ताव पठाइएको छ । सोही प्रस्तावमा बेलायत सरकारले जनाउने रेस्पोन्सका आधारमा गोर्खा वार्ताको भविष्य निर्धारण हुने जानकारहरु बताउँछन् ।

बैठकको गम्भीरता र समयतालिकालाई ध्यानमा राख्दै आयोजकका तर्फबाट सम्पूर्ण आमन्त्रित सदस्यहरूलाई तोकिएको समयभन्दा अगावै अर्थात् दिउँसो १:४० बजेभित्र नै दूतावासमा उपस्थित भइसक्न अनुरोध गरिएको छ।

उच्चस्तरीय बैठकले दुई देशबीचको आपसी सम्बन्ध र रक्षा लगायतका आपसी चासोका विषयहरूलगायत भूपू गोर्खाहरूको मागको सम्वन्धमा महत्त्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!