हायु समाज नेपालको अध्यक्षमा लक्ष्मण हायु सर्वसम्मत चयन

SHARE:

काठमाडौं । हायु समाज नेपालको अध्यक्षमा लक्ष्मण हायु सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा जेठ २३ र २४ गते भएको हायु समाज नेपाल केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशनमा लक्ष्मण हायुको नेतृत्वमा ११ सदस्य केन्द्रीय समिति सर्वसम्मतिले चयन गरिएको हो ।

उपाध्यक्षमा प्रकाश हायु, सचिवमा सुजन हायु, कोषाध्यक्षमा विमला हायु चयन भए ।

सदस्यहरुमा पुष्पा हायु, ललिता हायु,रमेश हायु,गणेश हायु,कुन्दन हायु,यु वहादुर हायु करुणा सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोको प्रमुख आतिथ्यता, विशेष अतिथिमा अमृत सुनुवार, महासंघका उपाध्यक्ष तथा सुसेस अध्यक्ष भाषाविद् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. तारामणि राई, जनजाति प्रतिष्ठानका योजना अधिकृत दिवस राई, किराँत समन्वय समिति अध्यक्ष तथा किराँत याक्थुङ चुम्लुङ अध्यक्ष गोविन्द आङ्बुहाङ, निवर्तमान अध्यक्ष टलक हायु, नेपाल प्रहरीका अधिकृत सुरेश हायु लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा सिन्धुली, रामेछाप, काभ्रे, उदयपुर, सर्लाही भोजपुर र उपत्यका समन्वय समिति काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधिको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!