बेलायत-नेपालको उच्चस्तरीय वार्तामा सहभागी हुन लन्डन दूतावास पुगे गोर्खाका प्रतिनिधिहरु

SHARE:

लन्डन । बेलायत र नेपालबीचको मन्त्रीस्तरीय वार्तामा सहभागी हुन भूपू गोर्खाका प्रतिनिधिहरु नेपाली दूतावास लन्डन पुगेका छन् ।

जीटेनका सदस्यहरु बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, जीपीजीतर्फबाट मेजर उदयबहादुर गुरुङ एमबीई, गेसोका सभापति कृष्णकुमार राई, गोर्खा सत्याग्रह संघर्ष समितिबाट कृष्णबहादुर राई, नेसाका केशबहादुर गुरुङ, आमरण अनशनको तर्फबाट अभियन्ता पुष्पा राना घले, धनबहादुर गुरुङ र ज्ञानबहादुर राई वार्तामा सहभागी दूतावास पुगेका हुन् । दूतावासले दिउँसो १:४० बजेभित्र नै दूतावासमा उपस्थित भइसक्न अनुरोध गरेको थियो ।

लन्डनस्थित नेपाली दूतावासमा बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली र नेपाल सरकारबाट परराष्ट्रमन्त्री शिशिर खनालको सहभागितामा दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म वार्ता तय गरिएको छ । वार्तामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी,सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह पनि सहभागी हुने छन् ।

आइतबार भारत भ्रमणबाट स्वदेश पुगेका परराष्ट्रमन्त्री खनाल ‘भर्चुअल’ रुपमा वार्तामा सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ । बेलायती रक्षामन्त्रीका साथमा बेलायत सरकारका भेटेरान मन्त्रीसहितका उच्च अधिकारी वार्तामा आउनेछन् ।

यसअघि गोर्खाहरुको मुद्दा सुल्झाउनका लागि पूर्व गोर्खाहरुको तर्फबाट बेलायत सरकारलाई एक सहमतिको प्रस्ताव पठाइएको छ । सोही प्रस्तावमा बेलायत सरकारले जनाउने रेस्पोन्सका आधारमा गोर्खा वार्ताको भविष्य निर्धारण हुने जानकारहरु बताउँछन् । उच्चस्तरीय बैठकले दुई देशबीचको आपसी सम्बन्ध र रक्षा लगायतका आपसी चासोका विषयहरूलगायत भूपू गोर्खाहरूको मागको सम्वन्धमा महत्त्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!