दुत पुन
लन्डन । बेलायत र नेपालबीचको मन्त्रीस्तरीय वार्ता नेपाली दूवतास लन्डनमा सुरु भएको छ ।
वार्ताको प्रारम्भमा ‘भर्चुअल’ माध्यमबाट सहभागी नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गोर्खाको विषय दरोसँग राखेको वार्तामा सहभागी गोर्खा अभियन्ता धनबहादुर गुरुङले एभरेष्ट टाइम्सलाई जानकारी दिएका छन् । बेलायतको समय अनुसार दिउँसो २ बजे सुरु बैठकमा बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली र नेपाल सरकारबाट परराष्ट्रमन्त्री शिशिर खनालको सहभागिता छ । उनीहरु दुवै जना भर्चुअलमाध्यमबाट जोडिएका हुन् । बेलायती रक्षामन्त्रीका साथमा बेलायत सरकारका भेटेरान मन्त्रीसहितका उच्च अधिकारी वार्तामा छन् ।
यस्तै सांसद एलेक्स बेकर पनि वार्तामा उपस्थित छन् ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी,सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह पनि सहभागी रहेका छन् । जीटेनका सदस्यहरु बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, जीपीजीतर्फबाट मेजर उदयबहादुर गुरुङ एमबीई, गेसोका सभापति कृष्णकुमार राई र धर्म तमांग,गोर्खा सत्याग्रह संघर्ष समितिबाट कृष्णबहादुर राई, नेसाका केशबहादुर गुरुङ, आमरण अनशनको तर्फबाट अभियन्ता पुष्पा राना घले, धनबहादुर गुरुङ र ज्ञानबहादुर राई वार्तामा सहभागी छन् ।






