तमु धिं नेपाल स्याङ्जाको प्रथम वार्षिकोत्सव तयारी भेला

SHARE:

पोखरा । तमु समुदायको एकता, भाषा, कला, संस्कार, सँस्कृतिको संरक्षण, संवर्द्धन तमु हकहितको लागि स्थापित तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति प्रथम वार्षिकोत्सवको तयारीमा जुटेको छ।

तमु धिं नेपालको जिल्ला शाखा गठन भएको वार्षिकोत्सव असार ८ गते स्याङ्जा पुतलीबजार ३ मजुवास्थित तमु (गुरुङ) समाजमा आयोजना गरिने स्याङ्जा अध्यक्ष बालकुमार गुरुङले बताउनु भयो।

प्रथम वार्षिकोत्सव भव्य बनाउन कोल्माबहाकोट तमु समाजमा तयारी छलफल सम्पन्न भएको छ।

कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, कोल्माबहाकोट तमु समाज पोखराका अध्यक्ष पुर्णबहादुर गुरुङ, तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति अध्यक्ष बालकुमार गुरुङले बार्षिकोत्सव तयारीको आर्थिक, व्यवस्थापकिय, सहभागिता, साँस्कृतिक प्रस्तुति लगायत बिबिध पक्षको बारेमा मन्तव्य राख्नु भएको थियो। गुरुङ, कोल्माबहाकोट तमु समाज पोखराका अध्यक्ष पुर्णबहादुर गुरुङ, तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति अध्यक्ष बालकुमार गुरुङले बार्षिकोत्सव तयारीको आर्थिक, व्यवस्थापकिय, सहभागिता, साँस्कृतिक प्रस्तुति लगायत बिबिध पक्षको बारेमा मन्तव्य राख्नु भएको थियो।

पोखरा १० इन्द्रमार्गस्थित कोल्माबहाकोट तमु समाजमा तमु धिं नेपालका पदाधिकारी, स्याङ्जा जिल्ला समिति, बिभिन्न अगुवाहरुसहित आयोजित कार्यक्रमको अध्यक्षता स्याङ्जा जिल्ला अध्यक्ष बालकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जितबहादुर गुरुङले गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!