बेलायतमा तमु धीं यूकेले अगस्ट ३० मा १७ औं नेपाली मेला आयोजना गर्ने

SHARE:

लन्डन । तमु धीं यूकेले आगामी अगस्ट ३० मा १७ औं नेपाली मेला आयोजना गर्ने भएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ सन्देशसहित हरेक वर्ष गरिँदै आएको मेला यस वर्ष ३० अगस्टमा हुने तमु धीं यूकेले जनाएको छ । मेला केम्पर्टन पार्क रेसकोर्समा बिहान १० देखि राति ८ बजेसम्म हुने छ । मेलामा नेपाली दूतावास लन्डनको सहकार्य हुने छ ।

मेलामा लाखे नाच र मारुनी नाचसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने छन् ।

मेलाबारे तमु धीं यूकेका उपाध्यक्ष परशु गुरूङले यस्तो लेखेका छन्

https://www.facebook.com/share/p/18vQQP1c28/

नेपाली मेला-२०२६
नेपाली राजदूताबासको सहकार्यमा तमुधीं यूकेको संयोजकत्वमा १७औं संस्करण नेपाली मेला-२०२६, आइतबार ३० अगष्ट २०२६ का दिन केम्प्टन रेसकोर्स पार्क लण्डनमा बिबिध कार्यक्रमका साथमा आयोजना हुन गईरहेको छ । यहां राखिएको फोटोमा बिभिन्न जातजातीका भेषभुषाहरु देख्न सकिन्छ । मुख्य उद्धेश्य नै बिभिन्न जातजातीमा आधारित परम्परा, रीतिरिवाज, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्नको लागि बिदेशी भूमिमा पनि नेपालीपन झल्काउॅंनको लागि “हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो गौरव” “Our Culture, Our Identity and Our Pride” को नाराको साथ आयोजना गर्न लागिएको हो । यस प्रकारका आयोजनाले यहांको स्थानीय मूलबासीहरुबाच एकार्कको सम्बन्ध अझ प्रगाढ अवश्य हुनेछ । बेलायतमा अहिले बिभिन्न क्षेत्रमा धेरैसंख्यमा रेष्टुरेण्ट, लताकपडा र अन्य व्यवसायीहरु छन् । यस कार्यक्रमको आयोजनाले खानपान, लताकपडा अन्य बिज्ञापन, परोपकारी सहितका स्टलहरु राखी आफ्नो व्यवसायमा आर्थिक लाभन्वित गर्न सक्ने अवसर पनि मिल्नेछ ।

मुख्य त बेलायतमा स्थापना भएका विभिन्न जातजाती तथा क्षेत्रका संघ संस्थाहरुले आ-आफ्ना रीतिरिवाज परम्परा र संस्कृतिमा आधारित कृयाकलापहरुलाई झांकी र नृत्यमा उतारेर प्रस्तुत गर्न पाउॅंने एक मात्र अवसर यस कार्यक्रमले दिने गर्दछ । धेरै संघसंस्थाहरुको सहभागितामा हौसला होउॅंन् भन्ने हेतुले यहां प्रतिष्पर्धा गराई मुल्यांकन गरी उत्कृष्ट संस्थाहरुलाई प्रथम, द्वितीय तृतीय तथा सान्त्वाना नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्छ । समग्रमा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थालाई छुट्टै नगद पुरस्कार, प्रमाणपत्र र “राजदूत कप” “Ambassador Cup” पनि प्रमुख अतिथि बेलायतका लागि महामहिम राजदूतको बाहुलीबाट प्रदान गरिन्छ । यसको अलवा बिबिध सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिन्छ ।

यो कार्यक्रम ईंगल्याण्डको अखिरी Bank Holiday को अवसर पारी हरेक वर्ष अगष्ट महिनाको अखिरी आइतबार आयोजना गरिन्छ ।

यस कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नेपाली बाबाआमा दाजुभाई दिदीबहिनीहरु अहिले देखि नै समय मिलाउॅंदै गर्नु हुन बिनम्र अनुरोध गर्दछु । साथै म तमुधीं यूकेका वरिष्ठ उपाध्यक्षको हैसियतले मेरो तर्फबाट र अध्यक्षज्यू अनि तमुधी यूके परिवारको तर्फबाट हार्दिक निमन्त्रणा सहित स्वागत गर्न चाहन्छु ।

सबैको जानकारीको लागि तमुधी यूकेका उपाध्यक्ष श्री कमल गुरुंगको संयोजकत्वमा यो कार्यक्रम आयोजना हुन गईरहेको छ ।

धन्यबाद ।
जय नेपाली मेला , जय तमुधी यूके

परशु गुरुंग
वरिष्ठ उपाध्यक्ष
तमुधी यूके

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!