रिन्पोछेको उपस्थितिमा बीसीसी केन्ट पर्ली लिङ गुम्बामा प्राणप्रतिष्ठा पूजा सम्पन्न [२५ तस्बिरहरु]

SHARE:

लन्डन । दक्षिण भारतबाट बेलायत आएका प्रशिद्ध गुरु क्याब्जे ग्याङखाङ रिन्पोछेको उपस्थितिमा बीसीसी केन्ट पर्ली लिङ गुम्बामा प्राणप्रतिष्ठा पूजा सम्पन्न भएको छ ।

रिन्पोछेकै करकमलबाट पहिलो चरणको गुम्बा प्राणप्रतिष्ठा (राब्ने) पूजा साथै नाम्छ्योद ङोन्ड्रो तथा च्योदको लुङ आगम प्रदान कार्यक्रम अत्यन्त श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले जानकारी गराएका छन् । उनका अनुसार सागा धावाको पवित्र पुण्य महिनाभित्र विश्वप्रसिद्ध गुरुको हातबाट यस्तो दुर्लभ धार्मिक अवसर प्राप्त हुनु बौद्ध अनुयायी, भक्तजन तथा सम्पूर्ण शान्तिप्रेमीहरूको लागि अत्यन्त सौभाग्यपूर्ण र पुण्यमय क्षण रह्यो।

बीसीसी केन्ट पर्ली लिङ गुम्बा बेलायतको केन्ट क्षेत्रमा नेपाली समुदायद्वारा स्थापना गरिएको पहिलो गुम्बा हो। यस गुम्बाले नेपालको पवित्र भूमिमा जन्मिएका भगवान् गौतम बुद्धको मार्गदर्शनलाई अनुशरण गर्दै बौद्ध परम्पराअनुसार जन्मदेखि मृत्युसम्मका धार्मिक संस्कार तथा पूजाहरू सञ्चालन गर्दै आएको छ । साथै विभिन्न पुण्य तिथि तथा अवसरहरूमा धार्मिक अनुष्ठानहरू सञ्चालन गर्नुका साथै समय समयमा परम पूज्य गुरुजनहरूलाई निमन्त्रणा गरी अमृतमय धर्मदेशना तथा अभिषेक ग्रहण गर्ने अवसरहरू पनि प्रदान गर्दै आएको छ।

दक्षिण भारतको मैसुरस्थित विश्वप्रसिद्ध बौद्ध उच्च शिक्षा, अनुसन्धान तथा ध्यान केन्द्र नाम्ड्रोलिङ गुम्बाका संस्थापक तथा विश्व बौद्ध ञिङमा परम्पराका सर्वमान्य गुरु परम पावन क्याब्जे पेनोर रिन्पोछे गुरुका चित्तपुत्र एवं काय, वाक र चित्तका प्रतिनिधि हुन् । उनी हाल नाम्ड्रोलिङ गुम्बाका प्रमुख गुरु हुनुका साथै बोधगया अन्तर्राष्ट्रिय ञिङमा मोन्लम महापूजा समितिका अध्यक्ष पनि छन् विश्व बौद्ध ञिङ्मा जगतमा उक्त पद अत्यन्त सम्मानित र महत्वपूर्ण मानिन्छ ।

बीसीसी केन्ट गुम्बाको धार्मिक तथा पवित्र नाम पर्लीसमेत उनी गुरुले नै प्रदान गरेको अध्यक्ष गुरुङले बताए । उनी विगत ८ वर्षदेखि प्रत्येक वर्ष एक महिना नेपालमा बस्दै ङोन्ड्रो तथा जोग्छेनसम्बन्धी निर्देशन, प्रवचन र प्रशिक्षण प्रदान गर्दै आएका छन् । त्यसैगरी अमेरिका, न्यूयोर्कस्थित पाल्युल सेन्टरमा विगत २५ वर्षदेखि हजारौं साधक तथा अनुयायीहरूलाई एक महिने ङोन्ड्रो, चालुङ तथा जोग्छेनसम्बन्धी प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दै आएको जनाइएको छ ।

तस्बिर सौजन्य : गोलमान गुरुङ

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!