लन्डन । सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी ११ जुलाईमा हुने भएको छ ।
नेपालबाट आउने नायक तथा गायक धर्मराज (राजु) गुरुङको उपस्थितिमा समाजको कार्यक्रम हुन लागेको हो । कार्यक्रम वेम्बली हुयारोमा दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म हुने कार्यक्रम संयोजक दीपा गुरुङले जानकारी दिएकी छन् ।
‘तमु ह्युल छोंज धिं उपत्यका प्रमुख, नायक, गायक र समाजसेवी धर्मराज (राजु) गुरुङको विशेष आतिथ्य र साथमा सोंपाल समाज यूकेका युवाहरुद्वारा सांस्कृतिक प्रस्तुति डीजे संगीत, बच्चाहरुको लागि वाउन्सी क्यास्टल, युवाहरुको लागि फुटबल, महिला तथा पुरुषहरुका लागि मनोरञ्जनात्मक खेलहरु र राफल पाइजहरु हुन्छन्,’ सोंपाल समाज यूकेको सूचनामा उल्लेख छ ।
चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीहरु र सबै सदस्य तथा इस्टमित्रहरु, मान्यजनहरु र युवाहरुसहित बेलायतवासी नेपाली समुदायलाई कार्यक्रम सहभागी हुन कार्यक्रम संयोजक दिपा गुरुङले आग्रह गरेकी छन् । खेलकुद संयोजकमा भने भीमबहादुर गुरुङ रहेका छन् ।






