लन्डन । स्याङ्जा समाज यूकेले आज २० जुन शनिबार वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम आयोजना गर्दै छ ।
समाजको वार्षिक कार्यक्रम अनुसार फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू कार्यक्रम हुन लागेको हो । समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आलेको प्रमुख आतिथ्यता रहनेछ । यस्तै रिडिङको ब्याटल वार्डकी काउन्सिलर प्रतिक्षा गुरुङ पनि अतिथिको रुपमा उपस्थित हुनेछिन् । कार्यक्रम संयोजकमा उपाध्यक्ष भीमबहादुर गुरुङ छन् । कार्यक्रम मध्याह्न १२ देखि राति ९ बजेसम्म हुने छ ।
कार्यक्रमको आकर्षण राफल ड्रका लागि अल्डरसटको दिप ज्वेलर्सले तिलहरी स्पोन्सर गरेको छ । दिप ज्वेलर्सका प्रोपाईटर प्रेम र कमला विश्वकर्मा दम्पतीले ५१० पाउन्ड बराबरको सुनको तिलहरी प्रायोजन गरेको आमा अध्यक्ष पार्वती गुरुङले जानकारी दिएकी छन् ।
कार्यक्रमबारे थप जानकारी आवश्यक परेमा अध्यक्ष रुपा गुरुङ, उपाध्यक्ष भीमबहादुर गुरुङ, महासचिव यमबहादुर गुरुङ र आमा अध्यक्ष पार्वती गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
स्याङ्जा समाज यूके २०२० सालमा स्थापना भएको हो । अहिले रुपा गुरुङले तेस्रो कार्यसमितिको नेतृत्व गरिरहेकी छन् ।






