तमु धीं यूके उपाध्यक्ष कमल गुरुङको परिवारबाट गुम्बा निर्माणका लागि १ हजार १ पाउन्ड सहयोग

SHARE:

लन्डन । तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङको परिवारबाट गुम्बा भवन निर्माणका लागि १ हजार १ पाउन्ड सहयोग भएको छ ।

पुरानो गाउँ कास्की धम्पुस हाल युके रेडिङ निवासी सफल व्यवसायी तथा बुद्धिस्ट गुम्बा रेडिङ युकेका महासचिवसमेत रहेका कमल गुरुङ र श्रीमीत जयन्ती गुरुङ तथा स-परिवारबाट काठमाडौं बुढानिलकण्ठ भंगाल-८ स्थित गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यलय गुम्बा भवन निर्माणको लागि भुमिदान सहयोग स्वरूप युके पाउण्ड एक हजार एक सहयोग भएको हो । सहयोग रकम गुरूङ (तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष शिर लामा गुरुङलाई बेलायतमै दिएका हुन् ।

भूमिदान सहयोग गरेकोमा उनीहरुलाई साधुवाद भन्दै अध्यक्ष गुरुङले सबैमा सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

काठमाण्डू बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवनको निर्माणका लागि शिलान्यास भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!