‘परदेशी’ [कविता]

SHARE:

 

म परदेशी
म हिँडिरहेको बाटो
त्यहाँ देखिरहने, भेटिरहने अनुहारहरू
र मलाई देखिरहने
आँखाहरू
जम्मै म जस्तो परदेशी होइनन् |
परदेशी हुनुको पीडा
रैथाने नहुनुको बिमज्जा
अथवा देश सम्झेर दुख्नुको
बिस्मात,
क्यै क्यै थाहा छैन उनीहरूलाई |
यो देश मेरो होइन भनेर
खुम्चिनु
डराई डराई बाटो कुल्चिनु
असुरक्षित महसुस गर्दै
दौडिनु, क्यै क्यै थाहा छैन
उनीहरूलाई ……
त्यसैले त,
उनीहरू हाँस्दा म हाँस्न सक्दिनँ,
उनीहरू रुंदा म रुन सक्दिन !
हरेक चोक, गल्ली
अनि,
बाटोहरू सबै सबै उनीहरूकै हो
म त केवल एउटा परिचय
खोजिरहेको मान्छे |
मेरो अनुहारको रङ र गोजीको कागजले
मलाई हरक्षण ‘परदेशी’ भनिरहँदा,
म आफ्नै देशको माटो सम्झिएर मन दुखाई रहन्छु |
म यो अपरिचित भीडमा,
आफ्नै छायाँसँग पनि तर्सिएर दौडन्छु
यो बाटो उनीहरूको हो,
यो सहर उनीहरूको हो,
म त केवल…
पैतालाका डोबहरू छाडेर
एकदिन आफ्नै देश फर्किजाने बटुवा मात्र हुँ |

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!