लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रतिकूल मौसमका कारण भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सञ्चालन गर्दै आएको राहत वितरण अभियान केही दिनका लागि स्थगित गरेको छ ।
मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा राहत सामग्री वितरण कार्य पुनः सुरु गरिने एनआरएनएले जनाएको छ। प्रभावित परिवारसम्म राहत सामग्री सुरक्षित रूपमा पुर्याउने उद्देश्यले मौसम अनुकूल भएपछि राहत टोली पुनः परिचालन गरिनेछ।

यसबीच, राहत तथा मानवीय सहयोग अभियान २९औँ दिनमा पनि जारी राख्दै एनआरएनएले बिहीबार काठमाडौंमा बसिरहेका १५ प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ। भोटेकोशी बाढीका कारण आफन्त गुमाई काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरेका तथा हाल कोठा भाडामा लिएर बसिरहेका उत्तरगया र विदुरका प्रभावित परिवारलाई ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हो।
बाढीबाट घर तथा आफन्त गुमाएका ती परिवार हाल काठमाडौं, नुवाकोटलगायतका स्थानमा कोठा वा घर भाडामा लिएर नयाँ बसोबासको तयारीमा रहेका छन्। यसअघि बुधबार पनि १५ प्रभावित परिवारलाई सोही परिमाणमा राहत सामग्री उपलब्ध गराइएको थियो।
६ करोड २ लाख ३१ हजार रुपैयाँ संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड १९ लाख ४५ हजार २७२ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड २ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ।
क्र.सं. एनसीसी/संस्था प्राप्त रकम (रुपैयाँ)
१ युके (पहिलो चरणमा) ५,३४३,२४४.२५
२ अष्ट्रेलिया (पहिलो चरणमा) ३,१०१,५८१.७६
३ क्यानडा (पहिलो चरणमा) २,७०३,४०७.५०
४ बहराइन २,५७९,३२८.००
५ न्युजिल्यान्ड २,१५२,८९९.७३
६ हङकङ १,८७७,२३२.५०
७ स्विडेन १,८३१,५३५.००
८ नर्वे १,७८९,८४२.९६
९ ओमान १,३१५,०००.००
१० फिलिपिन्स १,२००,०००.००
११ दक्षिण कोरिया १,११०,८१२.००
१२ स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्स १,०५५,१९३.६०
१३ लग्जम्बर्ग १,०४६,५४८.८६
१४ साउदी अरेबिया १,०००,०००.००
१५ टर्की ७५०,३३७.००
१६ कंगो (पहिलो चरणमा ) ६५८,६६३.००
१७ युएई (पहिलो चरणमा) ६५८,६६३.००
१८ म्यानमार ६०१,०००.००
१९ इजरायल ५०४,३८५.००
२० आयरल्याण्ड (पहिलो चरणमा) ५००,०००.००
२१ थाईल्याण्ड (पहिलो चरणमा) ५००,०००.००






