एटा संवाददाता
लन्डन । सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
गत शनिबार २२ डिसेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न सहारा युकेको वार्षिक साधारणसभाबाट उनी छैटौं कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनी पाँचौं कार्यसमितिको उपाध्यक्षको जिम्मेवारीमा थिए ।
त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा ले. कुसाङ गुरुङ, सहारा एफसी चेयरमेनमा कृष्ण गुरुङ, सहारा एफसी सिईओमा मनोज गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा वाचस्पति रेग्मी, कोषाध्यक्षमा शारदा गुरुङ, सहकोषाध्यक्षमा प्रकाश गुरुङ र सदस्यमा मिलन तमु गुरुङ चयन भएका छन् । उनीहरुलाई निर्वाचन समिति संयोजक एवं सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङले खादा लगाई बधाई दिएका थिए । सो निर्वाचन समितिमा संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्वअध्यक्ष दिलीप गुरुङ, सहारा एफसीका पूर्व चेयरमेन हरिकुमार श्रेष्ठ र संस्थापक सल्लाहकार लोक गुरुङ रहेका थिए ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष गुरुङलगायत पदाधिकारी तथा सदस्यहरुलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङलगायत पदाधिकारी, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, शेरबहादुर सुनारलगायत पदाधिकारी तथा सदस्यहरुले बधाई दिएका थिए । त्यस्तै, धम्पुस कास्की पुख्र्यौली घर भएका अध्यक्ष कुमार गुरुङका धम्पुसे चेलीबेटीहरुले पनि अध्यक्ष गुरुङलगायत सबैलाई खादा लगाई बधाई दिएका थिए ।
साधारणसभाको पहिलो चरणमा अध्यक्ष मिनबहादुर (साइँला) गुरुङ, महासचिव कृष्ण गुरुङ, कोषाध्यक्ष नारायण गुरुङ र सहारा एफसी चेयरमेन ले. कुसाङ गुरुङले आ–आप्mनो प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सचिव एवं अक्षयकोष संयोजक ओमप्रसाद गुरुङले अक्षयकोषको विवरण प्रस्तुत् गरेका थिए । उनीहरुले प्रस्तुत् गरेको प्रतिवेदन माथि व्यापक रुपमा छलफल भएको थियो । त्यस्तै सहारा युके उपाध्यक्ष एवं दसौं वार्षिकोत्सव तथा च्यारिटी डिनर संयोजक कुमार गुरुङले च्यारिटीबारे विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा सहारा युके सल्लाहकारहरु नन्दजङ्ग गुरुङ, हित काजी गुरुङ, जुमकाजी गुरुङ, हरि गुरुङ र कमल गुरुङ हालै तमुधिं युकेको अधिवेशनबाट क्रमशः अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष, सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । सहारा युकेका सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष मिनबहादुर (साइँला) गुरुङले आफनो अध्यक्षतामा रहेको पाँचौं कार्यसमितिका साथीहरु र सल्लाहकारहरुलाई साथ र सहयोगका लागि धन्यवाद दिएका थिए । त्यस्तै, उनले नयाँ कार्यसमितिका अध्यक्ष गुरुङलगायत सबैलाई सफल कार्यकालको कामनासहित बधाई दिँदै नवनिर्वाचित कार्यसमितिलाई आफूले सधैं साथ र सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा प्रमुख सल्लाहकार महेश गुरुङ र संस्थापक सल्लाहकार लोक गुरुङले शुभकामना मन्तव्य प्रकट गरेका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष गुरुङले निर्वाचन समितिलाई धन्यवाद दिँदै छैटौं कार्यसमितिले सबैको राय, सल्लाह र सुझाव लिएर संस्थाको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सहारा युकेका अध्यक्ष मिनबहादुर (साइँला) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।







