लन्डन । मिसेस युनिभर्स २०१८ मा मनिषा डंगोल श्रेष्ठले नेपालको नाम उच्च राख्दै मिसेस युनिभर्स एन्जल हार्ट २०१८ को उपाधि जितेकी छिन् । फिलिपिन्सको सेबुमा सम्पन्न मिसेस युनिभर्स २०१८ महिलाहरुको सबैभन्दा ठूलो व्युटी कन्टेस्ट रहेको थियो । विभिन्न देशको प्रतिनिधित्व गर्दै ८८ जना बिबाहित महिलाहरुको सहभागिता रहेको उक्त प्रतियोगिता डिसेम्बर ४ देखि ११ सम्म आयोजना भएको थियो ।
विश्वभर नेपाली कम्युनिटीमाझ उदाइरहेको नेपाली चेली मनिषा मिसेस युनिभर्स २०१८ हुन् भने सेरेब्रेल पल्सी नेपालको गुड विल एम्वेसेडर हुन् । मनिषा दुई सन्तानकी आमा हुन र श्रीमान् सुनिल श्रेष्ठसँगै बेलायत बस्छिन् । उनी अहिले एनआरएनए युकेकी सल्लाहकार छिन भने पहिलो युथ कोर्डिनेटर पनि । बिबाह डेढ दशकदेखि सामाजिक कार्यमा सक्रिय मनिषा नेप्लिज युथ क्लब युकेकी संस्थापक अध्यक्ष, पच पुच गुठी युकेकी महासचिव हरेर काम गरिसकेकी छिन् । नेपाल र नेपाली सीप, नेपाल भनेको सम्मानलाई विश्वभर चिहाउँदै आएकी छिन् लण्डन फेशन हाउस मार्फत जस्को उनी डाइरेक्टर पनि हुन् ।
नेपाली साँस्कृतिक भेषभूषा, दौरा सुरुवाल, ढाका विवाह, पास्नी, गुन्योचोली सबैमा चाहने लुगा बनेकै डिजाइन र नाप बनाइदिने सुविधा दिँदै आएको छ लण्डन फेशन हाउसले । सोही ब्राण्डअन्तर्गत महिला सशक्तीकरणलाई टेवा पुर्याउने हेतुले, विबाहित महिलाहरुको दवेर गएको क्षमतालाई उजागार गरी नेपाल र नेपाली समुदायमा केही गर्नुपर्छ भने भावना जगाउने उद्देश्यले मिसेस नेपाल युके गर्दै आएको छ । जसले सानो समयमा पनि सबैको मन जित्न सफल भएको छ । विदेशमा आउँदो पिढींलाई नेपाली भषा, संस्कृति सिकाउनु उद्देश्यले मास्टर एन मिस लिटल नेपाल, मिस टी नेपाल गर्दै पनि आएकी छन् २०१३ देखि एउटा नाम तारा अनेक नेपाल र नेपाली समाजको लागि काम गरेर मनिषाले सबैको मन जितेकी छिन् ।






