लन्डन । बेलायतमा चोरीका घटना बढ्दै गइरहेका छन् ।
विशेषगरी घरमा गरगहनासहित बहुमूल्यका सामग्री राखिने भएकाले एसियनहरुका घरमा चोरहरुले बढी टार्गेट गर्ने गरिन्छ । २९ जुनमा लन्डनको फेल्थाममा चोरीको प्रयास भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एक घरमा तीन जना चोरहरु ढोका फोडेर पस्ने प्रयास गरिरहेका थिए । तर घरका मानिसहरु हारगुहार गर्दै बाहिर निस्कने र सडक पनि मान्छे हिँडेको देखेपछि ती चोरहरु गाडी चढेर भागेका थिए।
चोरीका घटना बढिरहेकाले घरमा बहुमूल्यका सामाग्री नराख्न जानकारीहरुले आग्रह गरेका छन् । साथै ती सामग्री सामाजिक सञ्जालमा प्रदर्शन नगर्न पनि भनिएको छ । साथै घरबाहिर निस्किँदा ढोकाको तालाचाबी राम्ररी लगाउन पनि सुझाव दिइएको छ । घरको सुरक्षाका लागि घन्टी र सीसी क्यामेरा जडान गर्न भनिएको छ ।






