बेलायतका गुरुङहरु ल्होछार/ल्होसार मनाउन व्यस्त

SHARE:

एटा संवाददाता
लन्डन । अहिले बेलायतमा रहेका तमु अर्थात् गुरुङहरु आफ्नो मौलिक पर्व ल्होछार÷ल्होसार मनाउन व्यस्त देखिएका छन् । बेलायतका विभिन सहरमा बसोबास गर्ने गुरुङहरु व्यक्तिगत र सामूहिक रुपमा ल्होछार÷ल्होसार मनाउन थालेका छन् ।

गुरुङहरुले यस वर्ष ‘खि’ ल्हो अर्थात् कुकुर बर्गको बिदाई र ‘फो’ ल्हो अर्थात् मृग बर्गको स्वागत गर्न लागिएको हो । गुरुङहरु आफ्नो जातीय भेषभूषामा सजिएर ल्होछार÷ल्होसारका दिन धार्मिक पूजापाठ सँगैसँगै आप्mनै गीतमा नाच्छन्, झुम्छन् र एकअर्कामा शुभकामना आदानप्रदान गर्छन् । क्रिस्चियनहरुको क्रिसमश र अंग्रेजी नयाँ वर्ष सँगसँगै पर्ने ल्होछार÷ल्होसार पर्वलाई गुरुङ समुदायले बढो उत्साहका साथ मनाउँदै आएका छन् । पछिल्लो समय संसार नै ‘एउटा गाउँ’को अर्थात् ग्लोबल भिलेजको रुपमा परिणत हुन थालेपछि तमुहरु पनि संसारका विभिन्न भुगोलमा पुगेका छन् । आज कतिपय तमुहरु विभिन्न कारणले हङकङ, युरोप, अमेरिका र बेलायतलगायत संसारका विभिन्न देशमा स्थायी रुपमा बसोबास गर्न थालेका छन् ।

ब्रिटिस सरकारले गोर्खाहरुलाई बेलायतमा स्थायी बसोबासको सुविधा प्रदान गरेपछि अधिकांश गोर्खाहरु बेलायत आइबसेका छन् । ती गोर्खाहरुमध्ये केहीको संख्यामा तमुहरु पनि पर्दछन् । त्यसैगरी हङकङमा जन्मेका, विद्यार्थी र व्यापारीहरुले समेत बेलायतमा आवासीय सुविधा पाएपछि नेपालीहरुको संख्या सँगसँगै तमुहरुको संख्यामा पनि बृद्धि हँुदै आएको हो । एक अध्ययनले बेलायतमा २४.२ प्रतिशत तमुहरु रहेको देखाएकोे छ । ९ऋल्क्ग्प्, द्दण्ण्ड० संख्यात्मक हिसाबले करिब ३० हजारभन्दा बढी तमुहरु रहेको बेलायतमा तमुधिं युके, तमु प्ये ल्हु संघ, तमु समाज युके, गुल्मेली गुरुङ समाज, खोटाङ÷सोलुखुम्बु÷भोजपुर (खोसोभो) गुरुङ समाज, बेजिङ्गस्टोक गुरुङ समाजलगायत थुप्रै स्थानीय रुपमा तमु संघसंस्थाहरु स्थापना भएका छन् ।

आफ्नो तमु भाषा, कला र संस्कृतिलाई जिवन्त राख्न बेलायतमा स्थापना भएका तमु संघसंस्थाहरुले आफ्नो मौलिक पर्वलाई विशेष महत्व दिँदै आएका छन् । ल्होछार÷ल्होसार पनि मौलिक पर्व मध्येको एक हो । पुस १५ गतेदेखि ल्हो अर्थात् बर्ग फेरिने भएको हुँदा यस दिनलाई गुरुङहरुले विशेष पर्वको रुपमा मनाउने प्रचलन छ । तर, विदेशमा भने व्यस्तताकै कारण विकेन्डमा नै ल्होछार मनाउनु पर्ने बाध्यता रहेको तमु अग्रजहरुको भनाइ छ । त्यसैले बेलायतका गुरुङहरुले पुस १५ अघि वा पछि पर्ने विकेन्डमा विविध कार्यक्रमका साथ ल्होछार÷ल्होसार मनाउँदै आएका छन् । यस वर्ष भने ३० डिसेम्बरका दिन पुस १५ परेकोले पनि धेरैजसो संघसंस्थाले त्यही दिन ल्होछार÷ल्होसार मनाउने भएका छन् । कतिपयले २९ डिसेम्बर अर्थात् शनिबार र कतिपयले गत २२ र २३ डिसेम्बरका दिन मनाइसकेका छन् भने केहीले जनवरी महिनामा मनाउने तयारी गरिरहेका छन् ।

बेलायतमा निकै सक्रिय तमुधिं युकेले ३० डिसेम्बरका दिन रेडिङ्गस्थित रिभरमेड लेजर सेन्टरमा र तमु प्ये ल्हु संघ युकेले हेरो लेजर सेन्टर हेरो, लन्डनमा मनाउने भएका छन् । त्यस्तै, २९ डिसेम्बरका दिन तमु समाज युकेले हेरो लेजर सेन्टर हेरो, लन्डनमा, गोर्खा जिल्ला गुरुङ समाजले केन्टमा र बेजिङ्गस्टोक गुरुङ समाजले बेजिङ्गस्टोकमा मनाउने भएका छन् ।

त्यस्तै, तमुधिं युकेका विभिन्न इकाईहरु पनि विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै भएका छन् । गत शनिबार २२ डिसेम्बरका दिन गुरुङ समाज केन्ट, रेडिङ्ग तमु समाज र इलमपोखरी समाजले मनाइसकेका छन् ।

गुरुङहरुले आप्mनो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्नका लागि आ–आफ्ना क्षेत्रबाट महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । यसको निरन्तरताले विदेशी भूमिमा पनि नेपालीपन बाँची रहने धेरैको विश्वास छ । ल्होछार/ल्होसारका दिन मनोरञ्जन, भेटघाट, शुभकामना आदानप्रदान मात्र होइन, संस्थाको विकासमा महत्वपूर्ण भूमिका खेलेका समाजसेवी र उत्कृष्ट अंक ल्याई डिग्री हासील गरेका विद्यार्थीहरुलाई समेत सम्मान गर्दै आएका छन् । त्यस्तै, नेपालबाट धर्मगुरु, कलाकार र विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गरी नेपालको सामाजिक, आर्थिक र राजनैतिक अवस्थाबारे पनि बुभ्mने गर्दछन् । यस्तो परम्पराको निरन्तरताले नयाँपुस्ताले पनि आप्mनो संस्कार र संस्कृतिबारे सहजै जानकारी पाउने र यसलाई निरन्तरता दिँदै जाने तमु अग्रजहरुको विश्वास छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!