शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीले २२ अगस्टमा समर भेटघाट आयोजना गर्ने

SHARE:

लन्डन। शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीले आगामी अगस्ट २२ मा समर भेटघाट (फाङ–ङि) २०२६ आयोजना गर्ने भएको छ।

समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने, नयाँ सदस्यहरूसँग परिचय गराउने, बेलायतमा नयाँ आएका शेर्पा समुदायका सदस्यलाई स्वागत गर्ने तथा परिवार र साथीभाइसँग सामूहिक रूपमा रमाइलो समय बिताउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम शनिबार २२ अगस्टको दिउँसो १ बजेदेखि गोर्खा भिलेज, रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि ३५ पाउन्ड, ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि २० पाउन्ड शुल्क निर्धारण गरिएको छ। ६ वर्षमुनिका बालबालिका तथा ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि प्रवेश निःशुल्क रहनेछ।

टिकट शुल्कमै बीबीक्यू, सम्पूर्ण भोजन तथा पेय पदार्थको व्यवस्था समावेश गरिएको छ भने कार्यक्रममा सहभागी भएपछि थप कुनै शुल्क तिर्नुपर्ने छैन । खाना आपूर्तिकर्ताको नियमअनुसार ६ वर्षभन्दा माथिका सबै सहभागीका लागि शुल्क लाग्ने भएकाले सोही आधारमा टिकट दर निर्धारण गरिएको आयोजकले स्पष्ट पारेको छ।

बढ्दो महँगीका कारण कार्यक्रम सञ्चालन खर्चसमेत बढेकाले सहभागीहरूको सहयोग र समझदारीको अपेक्षा गरिएको छ।

कार्यक्रमबारे थप जानकारीका लागि शेर्पा संघ बेलायत–साउथ सेन्ट्रल कम्युनिटीका संयोजक तथा अध्यक्ष निमातेम्बा शेर्पालाई सम्पर्क गर्न सकिने जनाइएको छ।

कार्यक्रमको सफलताका लागि उपस्थित हुन बेलायतवासी नेपालीहरुमाझ आग्रह गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!