नेप्लिज नर्सिङ एसोसिएसन यूकेले सोमबार वेबिनार आयोजना गर्ने,जीवन विज्ञानका संस्थापक शर्माको प्रस्तुति

SHARE:

लन्डन । नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) यूकेले आगामी सोमबार ‘काम तथा जीवनबीच सन्तुलन र अन्तरपुस्ता संवाद’ विषयमा वेबिनार आयोजना गर्ने भएको छ।

जीवन विज्ञान यूकेसँगको सहकार्यमा १५ जुलाई (बुधबार) बेलुका ८:३० बजेदेखि ९:३० बजेसम्म संचालन गरिने वेबिनारमा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माको प्रस्तुति रहने छ। उक्त प्रस्तुतिपछि प्रश्नोत्तरको कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

‘बेलायतमा कार्यरत नर्सलगायत अन्य पेशाकर्मीहरुले काम तथा परिवारबीच सन्तुलन मिलाउन धेरै चुनौती व्यहोरी रहनु परेको छ। त्यस्तै बेलायतमै जन्मिएर हुर्किरहेका युवा पुस्तासँग बाबुआमाको संवाद पनि पातलिँदै गएको छ। यस्तो गहन विषयमा आयोजना गर्न लागिएको वेबिनार हाम्रा सदस्यलगायत सबैलाई उपयोगी हुने हामीले विश्वास लिएका छौं,’ नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) यूकेकी अध्यक्ष रश्मिता दर्लामीले भनिन्। उनले सबै पेशाकर्मीहरुलाई वेबिनारमा सहभागी हुन अपिल पनि गरिन् ।

त्यस्तै जीवन विज्ञान यूकेकी योग प्रशिक्षक सरिता शर्माले प्रवासका नेपाली समुदायको जीवन शैली, सामर्थ्य र चुनौतीबारे जानकार भानु गुरुसँगको अन्तरक्रिया संसारभरिका नेपालीहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन्। ‘नि:स्वार्थ सेवामार्फत मानव मात्रको चेतनास्तर उकास्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नु भएका श्रद्धेय गुरुदेवलाई सुन्ने र प्रश्न गर्ने यो अवसर नगुमाउन म सबै मित्रहरुलाई हार्दिक आग्रह गर्दछु,’ उनले भनिन् ।

वेबिनारमा जोडिएर लाभान्वित हुन आयोजकहरुले सबैलाई आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!