बेलायतमा दुई महिनाकी सुत्केरी रञ्जिता भण्डारीको निधन, शव नेपाल लगिने

SHARE:

लन्डन । बेलायतमा दुई महिनाकी सुत्केरी रञ्जिता भण्डारीको निधन भएको छ ।

काठमाडौं गोकर्ण घर भई बेलायतको प्रेस्टर्न बस्दै आएकी भण्डारीको सुतेकै ठाउँमा निधन भएको उनका श्रीमान् दिवस थापालाई उद्धृत गर्दै एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जनाएका छन् । रन्जिताले दुई महिनाअघि छोरालाई जन्म दिएकी थिइन् । रन्जिता सन् २०२१ को अक्टोबरमा अध्ययनका लागि बेलायत आएकी थिइन् ।

परिवारले उनको शव नेपाल पठाउन सहयोग संकलन गरिरहेका छन् । उनको परिवारको इच्छाअनुसार मातृभूमिमा सम्मानका साथ अन्त्येष्टि गर्न सकियोस् भन्ने उद्देश्यले गो फन्ड मि अनलाइनमार्फत सहयोग संकलन गरिरहेको अध्यक्ष पुडासैनीले बताए । जतिसुकै सानो भए पनि हरेक दानले अर्थपूर्ण परिवर्तन ल्याउने भन्दै अध्यक्ष पुडासैनलीले सके आफूले दान दिने नसके आफ्नो परिवार र साथीहरूसँग आग्रह गर्न भनेका छन् ।

शुक्रबार बिहानसम्ममा ३ हजार ७५२ सहयोग उठिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!