लन्डन। बेलायतस्थित रेडिङ तमु समाजको ‘समर बीबीक्यू २०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
नेपालबाट आएका चर्चित कलाकार र स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिसहित यही ११ जुलाईमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ गायक दुर्गा गुरुङ, चर्चित गायिकाहरु मन्जु बिक र शर्मिला गुरुङ ‘सरु’ लगायतको सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम तमु प्ये ल्हु संघ यूके कम्युनिटी सेन्टर, ह्वाइट्ली वुडलेन, रेडिङ भएको थियो । जहाँ विभिन्न मनोरञ्जनात्मक खेल, राफल ड्र तथा स्वादिष्ट बारबेक्यु मुख्य आकर्षणका रूपमा रहेको थियो ।
समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै मनोरञ्जन, सांस्कृतिक आदानप्रदान र पारिवारिक जमघटलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रेडिङ तमु समाजले हरेक वर्ष समर बीबीक्यू कार्यक्रम आयोजना गर्दै आएको छ ।















