चर्चाको भिडमा कमै सुनिएका नाम हो, राजेन्द्र केरुङ लिम्बु । तर संगीतमा संघर्ष गरेको डेढ दशक बितेको पत्तै भएन । वि.सं. २०६७ सालको असार ताका हुनुपर्छ औपचारिक सङ्गीत सिक्ने गुरु खोज्दै चाबहिल चुच्चेपाटीमा रहेको श्रुति संगीतालयमा पुगे जहाँ सङ्गीत गुरु रेडियो नेपालको शास्त्रीय गायक स्व: बिनय वर्मा हुनुहुन्थ्यो ।
एक/दुई गर्दै ६ वर्षसम्म लगातार शास्त्रीय सङ्गीतमा इलाहावाद युनिभर्सिटीबाट BMus सम् को अध्ययन पूरा गर्नुभयो । २०७० मा पहिलो पट्क सङ्गीतकार शिवसंगम राईको शब्द/सङ्गीतमा सामूहिक स्वरमा इलाम तारा (बिजय फागो)लगायत सँगको सहकार्यमा पुर्बेली लोकगीत “बिदेशिने रहर” रेकर्ड गर्न सफल भए जुन गीतले लाखौँ दर्शक श्रोताको मन जित्यो । जुन अहिले विभिन्न युट्युब च्यानलहरुमा लाखौंले हेरेका छन्।
२०७०मा नै कुलुङ अजय अलङ्कारको शब्द/सङ्गीतमा कुलुङ भाषाको गीत “सानिवा” बोलको गीत रेकर्ड भयो । त्यसपछि क्रमश: कुलुङ भाषाकै लेत्तिचाईनुवा,लाम्तुम्मा,केई खोलोङ सोम्छा, नेपाली भाषाको महाकुलुङ भूमिमाथि, महाकुलुङ गान आदि रेकर्ड भए ।
२०७३ मा पहिलो एकल एल्बमको रुपमा “मिङ्सो” सार्वजनिक गर्न सफल हुनुभयो । जसमा लिम्बु भाषाका ४ गीतहरु समेटिएको अडियो/भिडियोहरु छन् । जस्मा फुङ इनु सेवा,आम्बे?पज सुम्हात्लुङ , माङलाङ नु केलाङ (ख्याली मिश्रित पालाम) याक्थुङ्मा मिम समेटिएका छन् । जस्मा गीतकार सागर केरुङ,रानिटारे साईला, यादन सेर्मा को शब्द रहेको छ ।

डेढ दशकदेखि सङ्गीतमा गुमनाम राजेन्द्रले बेलायतको हरेक प्रस्तुतिलाई निक्कै रुचाईदिनुभएको छ। त्यसपछि क्रमश: गीतकार वीरेन्द्र असीमित थाम्सुहाङको शब्दमा प्रेम निश्चल राईको सङ्गीतमा “मेमेङ घुम्न जाउँ” गायिका सम्पदा राईसँग सार्वजनिक भयो ।
क्रमश: तिवाशेक लावतीको शब्दमा “दुनिँयालाई भुली”, ब्लडक्यान्सर रिकभर राजन विश्वकर्माको शब्दमा आफ्नै संगीत/स्वरमा “बग्दै जाने” मेलोडी गीत रेकर्ड गरे “फेरि पुनर्जन्म ” नामक चलचित्रमा समेत समेटिएको छ ।
गीतकार लक्ष्मी नाम्लाक्पा नेम्बाङको शब्दमा “हुक्फाक्की सेवारो” बोलको गीत गायिका मोडल मिरा फियाकसँग युगल गायन गर्नुभएको छ ।
त्यसैगरी सिक्किम याक्थुङ आईडलका फस्ट रनरअप आशिष लिम्बूको शब्द र स्वर रहेको “बाबा-आमा” बोलको गीतमा संगीत भर्न सफल हुनुभएको छ । त्यसैगरी गीतकार संगीता आङ्थुपोको शब्दमा “आमा-बाबा” बोलको गीत चर्चित गायिका मेलिना राईले स्वर दिनुभएको छ ।
लिम्बू,कुलुङ ,नेपाली गरी करिब २ दर्जन गीतहरुमा संगीत तथा गायन गरिसक्नुभएको छ । त्यतिमात्र होइन लिम्बू भाषिक चलचित्र “थेत्लङ”,चेमा स्वरांकनसमेत गरेका छन् । त्यसैगरी आफ्नै गीत माङलाङ नु केलाङ ख्याली/पालाम, गायिका गंगा फियाक,सुमन लिम्बूको पालाम “थक्मेप्पा फुङ “, थोक्फेला लिङ्देन र बिक्रम येक्तेनको स्वरमा रहेको “साम्याङ्फुङ”, मिरा र आफ्नै आवाजमा रहेको “हुक्फाक्की सेवारो”मा अभिनय पनि गर्नुभएको छ ।

उहाँले पशुपती बहुमुखी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक उत्तीर्ण गरेका केरुङले करिब १० वर्षदेखी www.mahakulung.comको सम्पादक, युट्युब च्यानल Falelung Tv मार्फत पत्रकारितामा पनि सक्रियता देखाइरहनुभएको छ ।
विभिन्न सामाजिक संघ- संस्थाहरुको जिम्मेवारीसँगै मौलिक भाषा,लिपि कला संस्कृतिमा पनि निरन्तर लागिरहनुभएको छ । गीत सङ्गीतको साथसाथै आफ्नो धर्म संस्कृति, लिपि भाषाको उत्थानमा पनि सक्रिय केरुङ अहिले काठमाडौं युनिभर्सिटीमा किरात सिरिजङ्गा लिपिमा पोष्ट ग्राजुएट पनि अध्ययन गर्दैहुनुहुन्छ । अन्य विविध क्षेत्रको ब्यस्तताका कारण स्नातकोत्तर अध्ययन गर्ने चाहना अधुरै रहेकोमा केही खल्लो महसुस गर्नुहुन्छ उहाँ ।
निरन्तर अभ्यास साधनाको फल मिठो हुन्छ भन्ने भनाइ बल्ल अहिले आएर थाहा पाएको बताउनुहुन्छ, राजेन्द्र । डेढ दशकको लामो साधना र तपस्याको फलस्वरुप हाल पहिलो पटक सांगीतिक यात्राको लागि बेलायत आइपग्नुभएको छ । आउँदो नोभेम्बरसम्म ६ महिना बेलायतका विभिन्न शहरहरुमा साङ्गीतिक प्रस्तुति दिनुहुनेछ ।
गत जुलाई ११ मा सम्पन्न किरात याक्थुङ चुम्लुङ यूकेद्वारा आयोजित सिसेक्पा तङ्नाममा उहाँको भव्य प्रस्तुति रहेको थियो । आफ्नो गीत हुक्कफाकी सेवारोसँगै तीनवटा गीत प्रस्तुत गरेका राजेन्द्रको प्रस्तुतिलाई धेरैले रुचाएका छन्। साथमा नेपालबाट गायक लक्ष्मण लिम्बू र भ्वाईस अफ किड्स फस्ट रनरअप रुक्साना लिम्बू पनि बेलायत आइपुग्नुभएको छ ।






