लन्डन । बेलायत सरकारका भेट्रान मन्त्री काल्भिन बेइलीसँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले छलफल गरेका छन् ।
लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार मन्त्री बेइलीसँग काव राजदूतले छलफल गरेका हुन् । दुईपक्षबीच गोर्खा मुद्दामा छलफल केन्द्रित रहेको नेपाली दूतावास लन्डनले जनाएको छ । बेलायती भेट्रान मन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया काव राजदूत दुवाडीले दिएका छन् ।






