लन्डन । बालगृहको सहयोगार्थ बेलायतमा ‘दुर्गा गुरुङ एकल साँझ २०२६’ हुँदैछ ।
चण्डिका लाल अमर बालगृहको सहयोगार्थ ७ अगस्टमा चुड्का/कौडा किङ दुर्गा गुरुङको एकल सांगीतिक प्रस्तुति हुन लागेको हो । कार्यक्रम शुक्रबार अगस्ट ७ मा ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बेलुकी ७ बजेदेखि हुने कार्यक्रम संयोजक गुड्डु गुरुङ (पार्वती)ले जानकारी दिएकी छन् ।
कार्यक्रमबारे थप जानकारी आवश्यक परे रेस्टुरेन्ट सन्चालक देव गुरुङलाई समेत फोन गर्न सकिने जनाइएको छ ।
दुर्गा गुरुङ सांगीतिक कार्यक्रमको सिलसिलामा केही हप्तादेखि बेलायतमै छन् ।






