बेलायतमा आगामी २४ अक्टोबरमा ‘सुम्निमा साँझ’ आयोजना हुने

SHARE:

लन्डन । किरात राई यायोक्खा यूकेको भगिनी संस्था किरात राई सांस्कृतिक कलाकार संघ यूकेको आयोजनामा ‘सुम्निमा साँझ–२०२६’ हुने भएको छ।

आगामी २४ अक्टोबर २०२६, शनिबार बेलायतको आशफोर्डस्थित सेन्ट साइमन स्टक क्याथोलिक चर्चमा कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुनेछ।

‘कला र संस्कृति हाम्रो पहिचान, सुम्निमा साँझ–सांस्कृतिक अभियान !’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा नेपाली मौलिक कला, संगीत तथा संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा किरात राई सांस्कृतिक कलाकार संघ यूके तथा किरात राई यायोक्खा यूकेको सहकार्य रहनेछ। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य नेपाली तथा विशेषगरी किरात राई समुदायको कला, संगीत र सांस्कृतिक पहिचानलाई बेलायतमा प्रवर्द्धन गर्नु हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!