लन्डन । तमु धीं यूके आमा समूहले ‘रेस फर लाइफ’मा भाग लिँदै क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान गरेको छ ।
क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा शनिबार गिल्डफोर्ड स्टोक पार्कमा सम्पन्न ‘रेस फर लाइफ’ को ५ किमि रेस (दौड)मा तमु धीं यूके आमा समूहका दिदीबहिनीहरूले सहभागिता जनाएका हुन् ।
आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङको नेतृत्वमा दौडमा सहभागिता जनाइएको हो ।आमा समूहका अध्यक्ष कमलादेवीले सबैलाई धन्यवाद दिएकी थिइन् ।आमा समूहले हरेक वर्ष च्यारिटी दौडमा भाग लिँदै आएको छ ।






