ईलमपोखरी समाज यूकेको गृष्मकालीन भेटघाट अगस्ट १५ मा, प्रिया गुरुङ र मञ्जु बिकको विशेष प्रस्तुति रहने

SHARE:

लन्डन। ईलमपोखरी समाज यूकेले आफ्नो वार्षिक गृष्मकालीन भेटघाट कार्यक्रम-२०२६ आगामी १५ अगस्ट २०२६ (शनिबार) आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङका अनुसार कार्यक्रम अल्डरउड लिजर सेन्टर टोङ्हाम रोड अल्डरसटमा दिउँसो १ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुनेछ। हरेक वर्षझैँ यस वर्ष पनि आयोजना हुन लागेको कार्यक्रममा फुटबल, भलिबल, महिलाहरूका लागि म्युजिकल फन गेमलगायत विभिन्न खेलकुद गतिविधि समावेश गरिएका छन् । साथै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति र गाउँघरको मौलिक संस्कृति झल्काउने बाह्रमासे घाँटु नृत्य पनि प्रस्तुत गरिनेछ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली सांगीतिक क्षेत्रमा विशेष पहिचान बनाएकी, विशेषगरी गुरुङ गीतमार्फत लोकप्रिय गायिका प्रिया गुरुङ तथा लमजुङे ठाडो भाकालाई जीवन्त राख्दै आएकी चर्चित दोहोरी गायिका मञ्जु बिकको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ प्रमुख अतिथि रहनेछन् भने सोही संस्थाको आमा समूहकी अध्यक्ष तारा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा मानार्थ सदस्यहरूको समेत उपस्थिति रहने जनाइएको छ।

कार्यक्रममा समाजका सदस्य, चेली–ज्वाइँ, भान्जा–भान्जी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई सपरिवार उपस्थित भई कार्यक्रम सफल बनाउन अध्यक्ष गुरुङले हार्दिक निमन्त्रणा गरेका छन्।

यस वर्षको अर्को विशेष आकर्षणका रूपमा समाजका दिदीबहिनीहरूले एउटै किसिमका लुङ्गी अर्थात् पहिरनमा सहभागी हुने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!