पुन मगर आमा समूह नृत्य प्रतियोगितामा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखरा दोस्रो

SHARE:

पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भ्रातृ संगठन पुन मगर संस्कृति सञ्चार तथा प्रतिभा उजागर समितिले आयोजना गरेको ‘पुन मगर आमा समूह नृत्य प्रतियोगिता २०८३’मा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखराले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठान हलमा शनिबार २ साउनमा आयोजित प्रतियोगितामा चिम्खोले आमा समूह पोखरा दोस्रो बनेको हो । चिम्खोले आमा समूहले चिम्खोलामै प्रचलित थाली नाच प्रस्तुत गरेको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिम्खोला मौलिक थाली नाचको उद्गमथलो हो ।

हिमला आमा समूह (अघौं पुनमगर समाज पोखरा) तेस्रो बन्दा चौथो स्थान नेपाल पुन मगर समाज अर्चलबोटले ओगट्न सफल बन्यो ।

विजेताहरूले नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । पहिलो हुनेले नगद ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्न सफल समूहले १० हजार रुपैयाँको चेक पाएका छन् । प्रतियोगितामा २५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगताका विजेता, उपविजेतालगायतलाई पुरस्कार र सहभागीहरुलाई मायाको चिनो प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वमन्त्री सुदन किराती, पुन मगर संस्कृति सञ्चार तथा प्रतिभा उजागर समिति देव पुन मगरलगायत अतिथिले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निर्णायक मण्डलको आग्रहमा सञ्चालिका प्रियंका गर्बुजा पुन मगरले नतिजा घोषणा गरेकी थिइन् । कार्यक्रममा मौलिक भेषभूषासहित पुन मगर समुदायबाट उल्लेख्य उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!