लन्डन । राप्ती समाज यूके (सीआईसी) ले यही २५ जुलाई २०२६ मा समर भेला आयोजना गर्दैछ ।
नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुतिसहित केन्टको मेडस्टोन ग्रामर स्कुल, मेडस्टोनमा भेला आयोजना गरिन लागेको हो । कार्यक्रममा गायिका बिमता घर्ती मगर, गायक चन्द्र शर्मा, गायिका सबिना बुढा, गायिका कामना ओली तथा नृत्यांगना एवं मोडल अस्मिता रानाले आफ्नो प्रस्तुति दिनेछन्।
आयोजकका अनुसार कार्यक्रम २५ जुलाई शनिबार दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
राप्ती समाज यूकेले सबै नेपाली समुदायलाई परिवारसहित उपस्थित भई संगीत, संस्कृति र मनोरञ्जनले भरिपूर्ण समर भेलालाई सफल बनाउन आग्रह गरेको छ ।






