काठमाडौं । ३२औँ विश्व आदिवासी दिवस (९ अगष्ट २०२६) लाई ऐतिहासिक, भव्य तथा प्रभावकारी रूपमा सम्पन्न गर्न नेपाल तामाङ घेदुङका भातृ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरु संग महत्वपूर्ण छलफल तथा समन्वय बैठक सम्पन्न भएको छ।
साउन ४ मा भएको छलफलका क्रममा विश्व आदिवासी दिवसलाई तामाङ समुदायको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा सफल बनाउन सबै तहका समिति, भातृ संगठन तथा सरोकारवालाबीच आपसी सहकार्य, समन्वय र सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत विचार-विमर्श भएको थियो।
बैठकले ३२औँ विश्व आदिवासी दिवसलाई गरिमामय, व्यवस्थित र ऐतिहासिक रूपमा सफल बनाउन सबै सम्बन्धित पक्षलाई आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारीका साथ सक्रिय भूमिका निर्वाह गर्न तथा आवश्यक सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।








