बेलायतमा २७ जुलाइमा मिडल्यान्ड नेपाली मेला हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

SHARE:

 

लन्डन । बेलायतमा यही २७ जुलाईमा चौंथो मिडल्यान्ड नेपाली मेला नटिङहममा हुँदैछ ।

नेपाली समाज नटिङहम यूकेको आयोजनामा नेपाली मेला हुन लागेको हो । मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति दिनेछन् । नेपाली लोक तथा दोहोरी गीतका कलाकारहरु विष्णु खत्री, रमेशराज भट्टराई, अस्मिता डल्लाकोटी र सपना रोकाको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मिडल्यान्डस्थित करिब एक दर्जन नेपाली संघसंस्थाको सहकार्यमा मेला नटिङहमको मेलवर्न पार्कमा हुनेछ । मेला बिहान १० देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ ।

उक्त अवसरमा नेपाली कला, संस्कृति, भाषा, धर्म झल्किने थुप्रै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

मेलामा बेलायतभरबाट आउने नेपाली खेलाडीहरुको सहभागितामा उमेर समूह अनुसार भलिबल, फुटबललगायत विभिन्न खेल सञ्चालन हुनेछन्।

मेलामा सबैलाई प्रवेश नि:शुल्क छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!