‘नेपाली ओपन कन्सर्ट-२०२६’का लागि बेलायत आइपुगे मन्त्र ब्यान्डको टोली र गायिका नीता थापा मगर

SHARE:

लन्डन । मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट-२०२६’का लागि मन्त्र ब्यान्डको टोली र कलाकार नीता थापा मगर बेलायत आइपुगेका छन् ।

संस्थाको निमन्त्रणामा हङकङबाट मन्त्र ब्यान्डका टोली र गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनकी विजेता गायिका नीता थापा मगर नेपालबाट बुधबार २२ जुलाई बिहान लन्डनको हिथ्रो एयरपोर्ट आइपुगेका हुन् ।

कलाकार टोलीलाई मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुमानसिं थापा, सांस्कृतिक सहसचिव रुक आले, युथ प्रेसिडेन्ट दिपक मैथाने मगरलगायतले एयरपोर्टमा स्वागत गरेका थिए । अध्यक्ष लालुले कलाकारलाई खादा र कार्यक्रम संयोजक गुमानसिंले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

‘म्यूजिक फर युनिटी’को सन्देशसहित २५ जुलाईमा मगर संघ यूकेले १८औं संस्करणको कन्सर्ट अल्डरसटको रश्मोर एरिनामा आयोजना गर्दैछ । कार्यक्रम दिउँसो ३ बजेदेखि राति साढे १० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।

मगर संघ यूकेका अध्यक्ष लालुका अनुसार यसवर्ष भ्वाइस अफ नेपाल सिजन ७ की सेकेण्ड रनर अप पुनम गुरुङ र तेस्रो सिजनका सेमीफाइनालिष्ट गोविन पुन, लोकदोहोरी गायिकाहरु सम्झना भण्डारी, सम्झना बुढा र रुपी सिञ्जालीलगायतले पनि कन्सर्टमा सांगीतिक प्रस्तुति दिने छन् । मगर युवाले आयोजना गर्ने मगर गट ट्यालेन्ट आठौं संस्करणका विजेता एलिसा पुन र प्रतिमा पुनको प्रस्तुति पनि कन्सर्टमा रहनेछ ।

संगीतको माध्यमबाट बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गर्नु र आपसमा सद्भाव बढाउनु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको भन्दै अध्यक्ष पुनले उपस्थितिका लागि अनुरोध गरेका छन् ।

कन्सर्टका प्रमुख संयोजक मगर संघ यूके उपाध्यक्ष गुमानसिंह थापाले कन्सर्टमार्फत लोकप्रिय ब्यान्ड र कलाकारहरुको लाइभ प्रस्तुतिमा नेपाली संगीतको गुणस्तरीय शो पस्किने जमर्को गरिएको बताए । कन्सर्टलाई विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक बनाउनका साथै व्यवस्थित, सुरक्षित र भव्य बनाउने गरी आवश्यक सबै तयारी भइरहेको उनले जनाए ।

कन्सर्टस्थलमा नेपाली खाना, आइसक्रिम, पेय पदार्थदेखि लत्ताकपडा, मोर्गेज, रियल स्टेट, अकाउन्टिङ सेवालगायतका स्टलहरु समेत राखिने संयोजक थापाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!