नेपाली ओपन कन्सर्टको लागि मन्त्र ब्याण्ड र निता थापा मगर बेलायत आइपुगे

SHARE:

बुधवार २२ जुलाई २०२६ – बेलायत।

नेपाली ओपन कन्सर्टको लागि मन्त्र ब्याण्ड र निता थापा मगर आज बिहान बेलायत आइपुगेको मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले जानकारी दिएका छन्।

कलाकार हरुलाई स्वागत गर्न मगर संघ युकेका अध्यक्ष लालु पुन, उपाध्यक्ष गुमानसिङ थापा मगर, महासचिब गोमान पुन मगर, सांस्कृतिक सहसचिब रुक आले मगर, युथ संयोजक दिपक थापा (मैथाने) मगर, पुर्व युथ संयोजक किशोर राना मगर, शेरजंग रोका मगर र भिम थापा मगर हिथ्रो विमानस्थलको टर्मिनल २ मा पुगेका थिए।

यस वर्षको ओपन कन्सर्टमा “म्युजिक फर युनिटी” को नारा दिदै छिमेकी देश भारत दार्जिलिङका चर्चित तथा लोकप्रिय गोर्खाली भान्जाहरुको ब्याण्ड “मन्त्र ब्यान्ड” ले प्रस्तुति दिने भएको छ।

बिगतका वर्षहरुमा झैँ यस वर्ष पनि मगर संघ युकेले नेपाली ओपन कन्सर्ट २५ जुलाई २०२६ को दिन बेलायतको अल्डरसटस्थित रसमर एरिनामा आयोजना गर्न लागेको हो ।

मन्त्र ब्याण्डको कलाकारहरु भास्कर देवानले लिड भोकलमा प्रस्तुति दिने छन् भने, प्रज्ञा लामाले लिड गितारमा, प्रभाष सुब्बाले बेस गितारमा, मनिष थापाले किबोर्डमा, बिर्जु चौधरीले (ब्रिज) ले ड्रममा र बिधानले फूलुट र साक्सोफोनमा आ-आफ्नो प्रस्तुति दिने छन्।

त्यस्तै अन्य लोकप्रिय तथा चर्चित कलाकारहरु ‘भोइस अफ नेपाल’ सिजन सेभेनकी विजेता गायिका नीता थापा मगर, ‘भोइस अफ नेपाल’ सिजन सेभेनकी सेकेण्ड रनर अप पुनम गुरुङ, सिजन थर्डका सेमीफाइनालिष्ट गोविन पुन, लोकदोहोरी गयिकाहरु सम्झना भण्डारी, सबिना बुढा मगर, रुपी सिञ्जाली मगर, बिमता घर्ति मगर, राजेन्द्र घर्ति मगर र निरुता पुन मगरले गायन प्रस्तुत गर्ने छन् भने मगर गट ट्यालेन्ट आठौं संस्करणका विजेता एलिसा पुन मगर र प्रतिमा पुन मगर लगायत नेपालवाट बेलायत आएका चर्चित तथा लोकप्रिय कलाकारहरु सरिष्मा राम्जाली मगर र अस्मिता राना मगरले पनि नृत्य प्रस्तुति गर्ने छन् ।

नेपाली ओपन कन्सर्ट उक्त दिनको थिक १ बजे शुरु हुने जानकारी दिदै बेलायतवासी सम्पूर्ण नेपाली आमाबुवा, दाज्युभाई, दिदीबहिनि र भान्जाभान्जीहरुलाई अध्यक्ष लालु पुनले चुलो निम्तो गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!