लन्डन । गोरखाली समाज यूकेको आगामी अगस्ट २ मा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ ।
सांस्कृतिक कार्यक्रमसहित अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुन लागेको समाजकी अध्यक्ष टकमाया गुरुङले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रममा चर्चित कलाकारहरु मञ्जु बिक, रेजिना परियार, रेस्मा तामाङले प्रस्तुति राख्नेछन् । यस्तै डिएमटी ब्यान्डका एमबी दिनेश गुरुङ र बाँसुरी वादक धनबहादुर गुरुङले पनि कार्यक्रममा आउनेछन् ।
कार्यक्रम मध्याह्न १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आकर्षणको रुपमा गेटटुगेदर, बीबीक्यू, राफल ड्रसमेत रहेका छन् ।






