२५ तस्बिरमा हेरौं, पोखरेली मञ्च यूकेको ‘क्याम्प नेपाल २०२६’

SHARE:

लन्डन। पोखरेली मञ्च यूकेले ‘क्याम्प नेपाल २०२६’ आयोजना गरेको छ । ब्रिस्टल नजिकको मनोर फार्म,अपटोन चेन्नीमा यही २४ देखि २६ जुलाईसम्मको तीनदिने पारिवारिक क्याम्प आयोजना गरिएको हो । नेपाली संस्कृति, सामुदायिक एकता र पुस्तान्तरणबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले क्पाम्प नेपाल आयोजना गरिएको हो ।

सन् २०१७ देखि विभिन्न ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको पोखरेली मञ्च यूकेले यस वर्षदेखि ‘क्याम्प नेपाल’ अवधारणाअन्तर्गत बेलायतमा हुर्कँदै गरेका नेपाली बालबालिका र परिवारलाई लक्षित गर्दै नयाँ कार्यक्रम सुरु गरेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले क्याम्पिङसँगै नेपाली संस्कृति, परम्परा, मनोरञ्जन तथा सामुदायिक गतिविधिमा सहभागिता जनाएका छन्।

आयोजकका अनुसार क्याम्पमा बालबालिकाका लागि खेलकुद तथा सिकाइ कार्यक्रम, युवाका लागि प्रेरणादायी सत्र, साँझ सांगीतिक प्रस्तुति, पारम्परिक नेपाली भोजन, बिहानको नास्ता तथा पारिवारिक मनोरञ्जनका विभिन्न गतिविधि समावेश गरिएका छन्। साथै, क्याम्पस्थलमा शौचालय र स्नानगृहको व्यवस्था रहने जनाइएको छ।

सूचनामा उल्लेख गरिएअनुसार प्रवेश शुल्क प्रतिव्यक्ति तीन रातका लागि ३० पाउन्ड तोकिएको छ भने पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क र ६–१० वर्ष उमेर समूहका लागि छुटको व्यवस्था गरिएको छ ।

 

 

 

 

तस्बिरहरु : भोजराज बराल र विक्रम भट्टराई

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!