लन्डन । तमु समाज युकेले भव्य रूपमा तमु फो ल्होछार
मनाएको छ । डिसेम्बर 29 शनिबार बेलुका लन्डन हेरो लेजर सेन्टरको बाईरोन हलमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा लोकगायक संजय गुरुङले लोकप्रिय गितहरु प्रस्तुत गरे । सो अवसरमा समाजसेवी,पत्रकारलाई सम्मान गरिएको थियो ।
बेलायतवासी गुरूङ नेपाली मौलिक पोसाकमा सहभागी थिए ।

















